काठमाण्डौमा सरकारले ल्याएको अध्यादेशविरुद्ध प्रदर्शन

मकवानपुर । सरकारले ल्याएको अध्यादेशविरुद्ध काठमाण्डौमा प्रदर्शन भएको छ । एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले विरोध प्रदर्शन गरेको हो । सरकारले फौजदारी मुद्दाको सजाय भोगिरहेका रेशम चौधरी, मोहमद आलमलगायतलाई उन्मुक्ति दिने गरी अध्यादेश ल्याउन लागेको भन्दै उनिहरुले आज बिहान त्रिचन्द्र...

आज समानुपातिकतर्फको अन्तिम सूची निर्वाचन आयोगले सार्वजनिक गर्ने

मकवानपुर । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको समानुपातिकतर्फको अन्तिम सूची आज मंगलबार सार्वजनिक गर्ने तयारी गरेको छ । आयोगको राजनीतिक दल शाखाका उपन्यायाधिवक्ता तथा समानुपातिकतर्फका प्रवक्ता गुरूप्रसाद वाग्लेले समानुपातिक सांसदहरूको सूची सोमबार सार्वजनिक गर्ने...

राप्रपा नेपालद्वारा सरकारले ल्याएको अध्यादेशको विरोध

मकवानपुर । राप्रपा नेपालले सरकारले ल्याएको अध्यादेशको विरोध गरेको छ । राप्रपाले सोमबार एक विज्ञप्तिमार्फत सत्ता स्वार्थका निम्ति नयाँ संसदको बैठक बस्ने पूर्वसन्ध्यामा सरकारले फौजदारी संहितामा नयाँ व्यवस्था गर्न अध्यादेश ल्याइएको भन्दै विरोध जनाएको हो । पार्टीका प्रवक्ता वसन्तमान...

आजबाट निर्वाचन आचारसंहिता हट्यो

मकवानपुर । निर्वाचन आयोगले मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनलाई लक्षित गरी लागू गरेको निर्वाचन आचारसंहिता आजबाट हटाएको छ । आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन सम्पन्न भई मतपरिणाम सार्वजनिक भइसकेको हुँदा सोमबारदेखि...

भ्रष्टाचार शून्य नीति लिएर अघि बढ्न पालिकालाई प्रधानमन्त्री देउवाकाे आग्रह

मकवानपुर । प्रधानमन्त्री शेरबहादुर देउवाले सङ्घीयताको सफल कार्यान्वयनका लागि सबै तहको सरकारलाई एकजुट हुन आह्वान गर्नुभएको छ । आज आइतवार काठमाण्डाैमा आयोजित गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालको तेस्रो राष्ट्रिय महाधिवेशनलाई उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले यस्ताे बताउनुभएको हो । उहाँले सङ्घ,...

बागमती प्रदेशबाट ५ दलका २९ जना बने समानुपातिक सांसद

मकवानपुर । प्रतिनिधिसभाको आगामी कार्यकालका लागि बागमती प्रदेशलाई प्रतिनिधित्व गर्दै ५ वटा दलहरूबाट समानुपातिक तर्फबाट २९ जना सांसद चुनिने भएका छन् । शनिबार देशका मुख्य ३ ठुला दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रसहित राष्ट्रिय स्वतन्त्र पार्टी र...

माओवादी केन्द्रले टुंगो लगायो १४ जना समानुपातिक सांसद, एक जना नेसपाबाट

मकवानपुर । शनिवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकबाट समानुपातिक उम्मेदवार छनोट गरिएको हो । माओवादी केन्द्रले टुंगो लगाएका १४ जना सांसदमध्ये मधेशी कोटाको एक जना सांसद भने डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)बाट समावेश गरिएको...

एमालेले छान्यो ३४ समानुपातिक सांसद [सूचीसहित]

मकवानपुर । नेकपा एमालेले ३४ जना समानुपातिक सांसद टुंगो लगाएको छ । शनिवार एमालेको पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले समानुपातिक सांसदको अन्तिम टुंगो लगाएको प्रचार विभाग प्रमुख एवं पार्टीका उपमहासचिव पृथ्वीसुब्बा गुरूङले जानकारी दिए । समानुपातिकतर्फ सबैभन्दा ठूलो...

आम चुनाव २०७९ मा कांग्रेसलाई तुलनात्मक लाभ, एमाले र माओवादीलाई घाटा

मकवानपुर । २०७४ सालको चुनावमा प्रत्यक्षतर्फ २३ र समानुपातिकमा ४० सिट गरी कुल ६३ सिट ल्याएर दोस्रो भएको कांग्रेस यसपटकको चुनावमा भने सबैभन्दा ठूलो दल बनेको छ । यसपटक कांग्रेसले प्रत्यक्षमा ५७ तथा समानुपातिकमा ३२ सिट गरी कुल ८९...

देउवाले दिए मतदातालाई धन्यवाद

मकवानपुर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसलाई ठूलो पार्टी बनाएकोमा मतदातालाई धन्यवाद दिएका छन् । शुक्रबार बिहानै ट्वीट गर्दै प्रधानमन्त्री समेत रहेका देउवाले कांग्रेसलाई संसदको सबैभन्दा ठूलो दल बनाएको भन्दै मतदाताहरुलाई धन्यवाद दिएका हुन् । ‘प्रिय मतदाता, नेपाली...