आजबाट निर्वाचन आचारसंहिता हट्यो

बकैया दर्पण संवाददाता
२६ मंसिर २०७९, सोमबार ०९:३६

मकवानपुर । निर्वाचन आयोगले मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनलाई लक्षित गरी लागू गरेको निर्वाचन आचारसंहिता आजबाट हटाएको छ ।

आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन सम्पन्न भई मतपरिणाम सार्वजनिक भइसकेको हुँदा सोमबारदेखि लागु हुने गरी निर्वाचन आचारसंहिता हटाउने निर्णय भएको आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए ।

आयोगले मंसिर ४ गते निर्वाचन सम्पन्न हुने गरी गत असोज १२ गतेदेखि निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी निर्वाचन आचारसंहिता, २०७९ को दफा १ को उपदफा (२) बमोजिम देशभर निर्वाचन आचारसंहिता लागू गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*