आईजिपी विवादको अन्तिम सुनुवाई हुँदै

बकैया दर्पण संवाददाता
३१ असार २०७९, शुक्रबार १२:४१

नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्तिविरुद्धको रिटमा अन्तिम सुनुवाइ हुँदैछ ।

रिट निवेदक प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेलतर्फका कानून व्यवसायीले शुक्रबार जवाफ दिन लागेका हुन् । कामु प्रधानन्यायाधीश नेतृत्वको इजलासमा मुद्दा पाँचौँपटक सुनुवाइ हुन लागेको हो । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा मुद्दा ‘हेर्दाहेर्दै’मा छ ।

सरकारले वैशाख १८ मा धिरजप्रताप सिंहलाई आईजीपी नियुक्त गर्ने निर्णय गरेको थियो । वरिष्ठता मिचेर मन्त्रिपरिषद्ले सिंहलाई आईजीपी नियुक्त गरेको भन्दै प्रतिस्पर्धी एआईजी विश्वराज पोखरेलले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

आईजीपी सिंहतर्फका कानून व्यवसायी र सरकारी वकिलको बहस सकिएको छ । निवेदकतर्फका कानून व्यवसायीले जवाफ दिएपछि शुक्रबार नै फैसला आउने अनुमान गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*