कोशी प्रदेशमा ‘बजेट ‘होलिडे’, अदालत जाने तयारीमा सरकार

बकैया दर्पण संवाददाता
११ भाद्र २०८०, सोमबार ११:००

मकवानपुर । कोशी प्रदेशमा सोमबारदेखि बजेट ‘होलिडे’ भएको छ। प्रदेश सरकार मातहतका कार्यालय र परियोजना आजदेखि बजेटविहीन भएसँगै प्रदेशमा बजेट होलिडे भएको हो।

प्रदेशसभाबाट समयमै चालू आर्थिक वर्षको बजेट पारित नभएपछि गएराति १२ बजेदेखि कोशी प्रदेश सरकार मातहतका कार्यालयबाट बजेट खर्च गर्न बन्देज लागेको छ। गत जेठ ३२ गते तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अध्यादेशबाट बजेट ल्याएका थिए। अध्यादेश १४ असारमा प्रदेश सभामा पेश भएको थियो।

प्रदेश सभामा पेश भएको अध्यादेश ६० दिनभित्र पारित हुनुपर्ने संवैधानिक व्यवस्था छ। बजेट पारित समेत नभएको र नयाँ बजेट समेत आएको छैन। मुख्यमन्त्री उद्धव थापा नेतृत्वको सरकारलाई सर्वोच्च अदालतले कामचलाउका रूपमा दीर्घकालीन महत्त्वका काम नगर्न अन्तरिम आदेश दिएपछि नयाँ अध्यादेशसमेत आउन नसकेको हो।

यसैबीच कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बाबुराम गौतमले बजेट होलिडेको अवस्थामा पुगेपछि अदालत जाने तयारीमा रहेको बताएका छन्।

कोशी सरकार गठनबारेको पूर्ण सुनुवाइ सर्वोच्च अदालतमा यही भदौ १५ मा प्रदेश सरकारबार हुँदै छ। त्यो वेलासम्म के गर्ने भन्ने अन्योल प्रदेश सरकारलाई छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*