भ्रष्टाचारमा संलग्न जोसुकै भएपनि अनुसन्धानको दायरामा ल्याइने प्रधानमन्त्रीको प्रतिवद्धता

बकैया दर्पण संवाददाता
१० भाद्र २०८०, आईतवार १२:४५

मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टचारका मुद्दामा आफू गम्भीर ढंगले लागेको र त्यसलाई निचोडमा पुर्याईछोड्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली कांग्रेस रुपान्तरण अभियानका अभियानकर्तासँगको भेटमा उहाँले भ्रष्टचारमा संलग्न जोसुकै भएपनि अनुसन्धानको दायरामा ल्याउने प्रतिवद्धता जनाउनु भएको हो ।

उक्त भेटमा अभियानकर्ताहरुले भ्रष्टाचारको मुद्धामा शून्य सहनशिलता अपनाई, ललिता निवास काण्ड, भुटानी शरणार्थी काण्ड, सुन काण्ड, जातीय द्वन्द्व तथा समाजिक सद्भाव भड्काउने लगायत संविधान विपरित हुने र राष्ट्रको बेईज्ज्त गराउने खालका सबै मुद्दामा बलियो रुपमा आफूलाई उभ्याउन प्रधानमन्त्री दाहालसँग आग्रह गरेको कांग्रेस नेता जगदिश्वर नरसिंह केसीले जानकारी दिनुभयो ।

त्यसैगरी अभियानकर्ताहरुले भ्रष्टाचारमा सबै मुद्दामा उचित छानबिनद्वारा सत्यतथ्य बाहिर ल्याई जनतामाझ एउटा बलियो सरकार रहेको महसुस गराउन पनि प्रधानमन्त्रीलाई आह्वान गरिएको नेता केसीले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*