दसैँ विदामा पनि अदालत खुल्ने

बकैया दर्पण संवाददाता
२९ आश्विन २०८०, सोमबार १२:२१

मकवानपुर । दसैँ विदाका दिन पनि उच्च र जिल्ला अदालत खुला हुने भएको छ । जरुरी पक्राउ पुर्जीको अनुमोदन र पक्राउ पुर्जी जारी गर्ने कामका लागि जिल्ला र उच्च अदालतहरु खुला रहने भएको हो ।

उच्च अदालत पाटनका उपरजिस्ट्रार र्तीर्थराज भट्टराईका अनुसार, राजश्व र बैंकिङ कसुरका मुद्दा हेर्ने सुरुको अदालत उच्च अदालत तोकिएकाले त्यही मुद्दासँग सम्बन्धित जरुरी पक्राउ पुर्जी र पक्राउ जारी गर्ने प्रयोजनका लागि उच्च अदालत खुला रहनेछ ।

ती मुद्दाहरूमा जरुरी पक्राउ पुर्जी जारी भएको भए जरुरी पक्राउ पुर्जीको अनुमोदन र पक्राउ पुर्जी जारी गर्नुपर्ने भएमा जारी गर्ने कामका लागि उच्च अदालतहरू खुला रहनेछन् ।

त्यसैगरी, जिल्ला अदालतहरू पनि सोही प्रयोजनका लागि खुला रहनेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*