ओली राष्ट्रपति पौडेलसंग भेट्न शीतल निवास पुगे

मकवानपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली राष्ट्रपति रामचन्द्र पौडेल भेट्न शीतल निवास पुगेका छन्। राष्ट्रपति पौडेल र ओलीबीच भेटवार्ता जारी रहेको राष्ट्रपतिको प्रेस सल्लाहकार किरण पोखरेलले बताए। राष्ट्रपति पौडेलले संसदमा जारी अवरोधको विषयमा चासो राख्दै आएका छन्।...

करिब ६ अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

मकवानपुर । नेपाल सरकारले विकास ऋणपत्रमार्फत पाँच अर्ब ८४ करोड आन्तरिक ऋण उठाउने भएको छ । २८ साउन आइतबार विकास ऋणपत्र बोलकबोलमार्फत ६ वर्षका लागि उक्त आन्तरिक ऋण परिचालन गर्ने भएको हो । विकास ऋणपत्र २०८६ ‘ट’ नाम दिइएको...

कर्णालीमा संरचनाको समस्या झेल्दै प्रहरी, भौतिक संरचनाको अभावका कारण घरबाट सेवा दिनुपरेको

मकवानपुर । कर्णाली प्रदेशमा नेपाल प्रहरीका लागि आवश्यक पर्ने भौतिक संरचनाको अभाव हुँदा भाडा र सहयोगका घरबाट सेवा दिनुपर्ने बाध्यता रहेको छ। अधिकांश प्रहरी इकाइहरूका आफ्नै भौतिक संरचनाहरू छैनन्, भएकाहरू मध्ये पनि कति जिर्ण र पुराना छन् भने कतिपय...

मंसिरमा सम्पन्न निर्वाचनसँग सम्बन्धित रिटहरु ९ महिनापछि संवैधानिक इजलासको पेसीमा

मकवानपुर । मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा निर्वाचन परिणामविरुद्ध दायर भएका निवेदनहरु ९ महिनापछि सर्वोच्च अदालतको संवैधानिक इजलासको पेसीमा चढेका छन् । लामो समयदेखि संवैधानिक इजलास बस्न समस्या हुदाँ यी मुद्दाहरु पेसी नै चढ्नै पाएका थिएनन्। सर्वोच्चमा...

टिकौलीको जंगलमा ८ सवारीसाधन ठोक्किए एक–आपसमा, १० जना घाइते

मकवानपुर । भरतपुर महानगर र रत्ननगर नगरपालिकाबीच पर्ने टिकौली जंगलमा त्रासदीपूर्ण सवारी दुर्घटना भएको छ । महेन्द्र राजमार्गअन्तर्गत पर्ने उक्त सडकखण्डमा अक्स्फोर्ड कलेजको बस, शव बोकेको गाडी, स्कुटर, बलोरो र मोटरसाइकल एक–आपसमा ठोक्किएको हो । दुर्घटनामा १० जना घाइते...

डेंगीबाट काठमाडौं ‘रेड जोन’मा, डेंगी संक्रमितको संख्या पुग्यो १४ हजार नजिक

मकवानपुर । यो वर्ष डेंगी संक्रमितको संख्या १४ हजार नजिक पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को तथ्यांकअनुसार जनवरीयता १४ अगस्टसम्म १३ हजार ७९७ जना संक्रमित भएका छन् । जुनयता मात्रै डेंगीका कारण १२ जनाको मृत्यु भएको...

सत्तारुढ दलहरुले संसदको अवरोध हटाउन एमालेसँग छलफल गर्ने

मकवानपुर । सत्तारुढ दलहरुले संसदको अवरोध खुलाउन संसद्मा प्रतिनिधित्व गर्ने दलहरुसँग छलफल गर्ने निर्णय गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बिहान बसेको सत्तारुढ दलहरुका शिर्ष नेताहरूको बैठकले प्रमुख प्रतिपक्षी दल एमालेलगायतका दलहरूसँग संवादको प्रक्रियालाई तीव्रता दिने निर्णय गरेको...

रनवेमा पुगेको एयर इण्डियाको जहाजमा समस्या आएपछि अरु जहाज आकाशमै होल्ड

मकवानपुर । नयाँ दिल्ली उड्न लागेको एयर इन्डियाको जहाजमा समस्या आएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवे पुगेर उड्न लागेको विमानको ब्रेकमा समस्या देखिएको विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिए । जहाजलाई रनवेबाट ट्याक्टरले तानेर पार्किङस्थल ल्याउने काम भइरहेको...

ललिता निवास अनुसन्धानलाई प्रभाव पार्न बाहिरबाट ‘गेम प्ले’ भइरहेको प्रधानमन्त्रीको आशंका

मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ललिता निवास प्रकरणमा सीआईबीको अनुसन्धान प्रभावित पार्न बाहिरबाट ‘गेम प्ले’ भइरहेको आशंका गरेका छन् । बालुवाटारमा प्रमुख सञ्चारमाध्यमका सम्पादकसँगको छलफलमा प्रधानमन्त्री प्रचण्ड सरकारलाई अप्ठ्यारो पार्न बाहिरी चलखेल भइरहेको आफूलाई आशंका लागेको सुनाएका...

प्रतिनिधि सभा विघटन नगरेको भए वामपन्थी आन्दोलन ध्वस्त हुन्थ्यो भन्ने अध्यक्ष ओलीको दाबी

मकवानपुर । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालको वामपन्थी आन्दोलनलाई समाप्त पार्ने योजनालाई रोक्न आफूले प्रतिनिधि सभा विघटन गरेको बताउनुभएको छ । मंगलवार नेकपा(एमाले) वागमती प्रदेश कमिटीको प्रशिक्षक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वामपन्थी आन्दोलनलाई समाप्त पार्ने योजनालाई...