दशैपछी हेटौंडाबाट काठमाण्डौं फर्कने यात्रुसंग टाटासुमोको ब्रमलुट, यात्रु सहायता कक्षमा बसेका प्रहरी रमिते

बकैया दर्पण संवाददाता
२ कार्तिक २०८१, शुक्रबार ०८:५७

बकैया दर्पण : दशैपछी हेटौंडाबाट काठमाण्डौं फर्कने यात्रुसंग टाटासुमोहरुले ब्रमलुट मच्चाएका छन् । यात्रुसंग तोकिएको भाडा भन्दा दोब्बर भाडा असुली गरिरहेका छन् ।

टाटासुमोको कृतिम अभाव सृजना गरेर यात्रुहरुलाई टिकाको भोलीपल्ट देखि ठगि गर्दा पनि यात्रु सहायता कक्षमा बसेका प्रहरी रमिते बनेर बसेका छन् । हेटौंडाको मेनरोड पिपलबोट मन्दिर नजिकै यात्रुहरुको लागि भनेर जिल्ला प्रहरी कार्यालय मकवानपुरले यात्रु सहायता कक्ष स्थापना गरेको छ । यहाँ प्रहरी पनि बसेका छन् । तर, बितेको असोज २७ गते देखि टाटासुमोका चालक, मालिक र तिनका दलालले लेट मच्चाउँदा पनि प्रहरी रमिता हेरेर बसेका छन् ।

काठमाण्डौंबाट छोटो दुरीको मार्ग भएर दशैमा मकवानपुर लगायत तराइका जिल्लामा आउने यात्रुसंग टाटासुमोहरुले दोब्बर भाडा असुली गरेका थिए । फेरी दशै मानेर काठमाण्डौं फर्कने क्रममा तीनै यात्रुसंग दोब्बर भाडा असुली गरेको यात्रुहरुले गुनासो गरेका छन् ।

बागमती प्रदेश राजधानी जोड्ने छोटो दुरीका हेटौंडा–कुलेखानी–सिस्नेरी–दक्षिणकाली–काठमाडौँ सडक, कुलेखानी–फाखेल–हुमानेभन्ज्याङ्ग–काठमाडौ, कुलेखानी–महालक्ष्मी–चखेल–मातातिर्थ–काठमाडौंको सडकबाट सुमोहरु ओदोर दोहोर गर्न थालेपछी प्रत्यक यात्रुहरुसंग बढी भाडा असुली गरिएको हो ।

बढी भाडा असुल गरेको विषयमा प्रहरीमा अहिले सम्म कुनै पनि गुनासो नआएको र बढी भाडा लिएका दुइ जनालाई नियन्त्रणमा लिएर छोडेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक बिश्वराज खड्काले बताए । कुनैपनि यात्रुसंग सुमोहरुले तोकिएको भन्दा बढी भाडा लिएमा प्रहरीलाई जानकारी गराउनका लागि एसपी खड्काले यात्रुहरुसंग आग्रह गरेका छन् ।

हेटौंडाबाट काठमाण्डौं जान यो छोटो दुरीको मार्गमा टाटा सुमोको भाडा ६५० रुपैयाँ एक जना यात्रुको भएपनि सुमोहरुले भने १२ सय रुपैयाँ सम्म असुली गरेको याुत्रहरुले गुनासो गरेका छन् । हेटौंडाबाट काठमाण्डौं जाने क्रममा टाटासुमोको कृतिम अभाव सृजना गरेर ठगि गरेको हो ।

टाटासुमोहरुले धेरै रकम असुली गरेको गुनासो जताततै आउने गरेको छ । हेटौंडाबाट काठमाण्डौं जाँदा नारायणी यातायाता व्यावसायी संघ लगायतका सबै सुमोहरुले एक हजार रुपैयाँ देखि १२ सय रुपैयाँ सम्म असुली गरेका हुन् । भीमफेदी, कुलेखानी रुटमा चल्ने एक दर्जन सुमो कम्पनिहरुले यात्रु ठगिगरिरहेका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*