कारको ठक्कर बाट बकैया ४का बानियाको मृत्यु

बकैया दर्पण संवाददाता
१३ चैत्र २०८०, मंगलवार १३:१९

बकैया दर्पण ।धरान–चतरा सडकखण्ड अन्तर्गत बकैया गाउँपालिका वडा नं. ४ गोठखोलामा सोमवार दिउँसो कारको ठक्करबाट एक जना साइकल यात्रीको मृत्यु भएको छ ।

हात्तिसुडेबाट आउँदै गरेको प्रदेश ३–०१–०२४ च १७९६ नम्बरको कारको ठक्करबाट विपरीत दिशाबाट आउँदै गरेका साइकलमा सवार स्थानीय ११ वर्षीय निशान बानियाको मृत्यु भएको छ ।

कारको ठक्करबाट गम्भीर घाइते बानियाँको उपचारको क्रममा हेटौँडा अस्पतालमा ज्यान गएको अस्थाई प्रहरी पोष्ट्का असाई सन्त कुमार लामाले बताए  । ठक्कर दिने कार चालक चितवन भरतपुर महानगरपालिका–१० बस्ने ३५ बर्षिय शारदा सुवेदीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*