डेंगीबाट काठमाडौं ‘रेड जोन’मा, डेंगी संक्रमितको संख्या पुग्यो १४ हजार नजिक

बकैया दर्पण संवाददाता
३१ श्रावण २०८०, बुधबार १२:४०

मकवानपुर । यो वर्ष डेंगी संक्रमितको संख्या १४ हजार नजिक पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को तथ्यांकअनुसार जनवरीयता १४ अगस्टसम्म १३ हजार ७९७ जना संक्रमित भएका छन् । जुनयता मात्रै डेंगीका कारण १२ जनाको मृत्यु भएको छ ।

संक्रमितमध्ये सबैभन्दा बढी सुनसरीको धरान उपमहानगरपालिकाका नागरिक छन् । उपमहानगरको तथ्यांकअनुसार जेठयता साउन ३० सम्म ११ हजार ३७३ जनामा संक्रमण पुष्टि भएको छ ।

संक्रमितको संख्या बढ्दै जाँदा काठमाडौं उपत्यका पनि रेड जोनमा परेको छ । संक्रमित धेरै भएका १० जिल्लामा सुनसरी, मोरङ, धादिङ, झापा, कास्की, धनकुटा, काठमाडौं, ललितपुर, संखुवासभा र दार्चुला छन् ।

यी जिल्लामा १२ हजार ३२७ संक्रमित छन्, जमसध्ये उपत्यकाका तीन जिल्लाका ३९५ जना छन् ।

अगस्टका १६ दिनमा मात्रै पाँच हजार ९५४ संक्रमित थपिएको ईडीसीडीको तथ्यांक छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*