टिकौलीको जंगलमा ८ सवारीसाधन ठोक्किए एक–आपसमा, १० जना घाइते

बकैया दर्पण संवाददाता
३१ श्रावण २०८०, बुधबार १३:१७

मकवानपुर । भरतपुर महानगर र रत्ननगर नगरपालिकाबीच पर्ने टिकौली जंगलमा त्रासदीपूर्ण सवारी दुर्घटना भएको छ ।

महेन्द्र राजमार्गअन्तर्गत पर्ने उक्त सडकखण्डमा अक्स्फोर्ड कलेजको बस, शव बोकेको गाडी, स्कुटर, बलोरो र मोटरसाइकल एक–आपसमा ठोक्किएको हो । दुर्घटनामा १० जना घाइते भएको र संख्या अझै बढ्न सक्ने जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रहरी भर्खरै घटनास्थल पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*