रनवेमा पुगेको एयर इण्डियाको जहाजमा समस्या आएपछि अरु जहाज आकाशमै होल्ड

बकैया दर्पण संवाददाता
३० श्रावण २०८०, मंगलवार १७:२०

मकवानपुर । नयाँ दिल्ली उड्न लागेको एयर इन्डियाको जहाजमा समस्या आएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवे पुगेर उड्न लागेको विमानको ब्रेकमा समस्या देखिएको विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिए ।

जहाजलाई रनवेबाट ट्याक्टरले तानेर पार्किङस्थल ल्याउने काम भइरहेको झाले बताए ।

एयर इन्डियाको जहाज रनवेमै समस्या आएपछि आन्तरिक र अन्तर्राष्ट्रिय उडान प्रभावित भएको छ । करिब ४५ मिनेटदेखि जहाजहरु आकाशमै होल्ड भएको झाले जानकारी दिए ।

समस्या आएको एयर इण्डिया २१६ जहाजमा १७९ जना यात्रु थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*