राप्रपा मकवानपुरद्वारा ठिङ्गनबेसीका बाढीपीडितहरुलाई राहत सामग्री वितरण

बकैया दर्पण संवाददाता
२१ आश्विन २०८१, सोमबार ११:४१

हेटौंडा– राष्ट्रिय प्रजातन्त्र पार्टी मकवानपुरले बकैया गाउँपालिका वडा नम्बर १० मन्थलीका बाढी पहिरो पीडितहरूलाई राहत वितरण गरेको छ।

https://www.facebook.com/share/v/WBpVHKnqjWR2HUsc/
वडा नम्बर १० मन्थलीका अम्बास, ठिङ्गनबेसी, धुवाकोट, केराबारी र घैयाटार लगायतका ठाउँका १९० घरधुरी पीडितहरूलाई आइतबार खाद्यान्न सामाग्री वितरण गरिएको हो ।

राष्ट्रिय प्रजातन्त्र पार्टी मकवानपुरद्वारा संकलित राहत पूर्वाधार विकास समिति सभापति दिपक बहादुर सिंह, बकैया गाउँपालिका अध्यक्ष धर्मराज लामिछाने र वडा नम्बर १० मन्थलीका वडा अध्यक्ष कमला वाइबाको उपस्थितिमा १९० घरधुरीलाई अत्यावश्यक खाद्यान्न सामाग्री वितरण गरिएको छ ।

राहत वितरणमा बोल्दै पूर्वाधार विकास समिति सभापति दिपक बहादुर सिंहले असोज ११ र १२ गते आएको बाढीले यस क्षेत्रमा पुर्‍याएको क्षतिले मलाई निकै नै दुखित तुलाएको बताए । क्षतिको घाउमा थोरै भएपनि मलमपट्टी लगाउन अहिले राप्रपा उपस्थित भएको उनले बताए । असोज ११ र १२ गते परेको पानीले कुलेखानी ड्यामको सतह भरिँदा ड्यामको दुवै ढोका खोल्दा सिस्नेरी बजारसहित बकैया गाउँपालिका बागमती गाउँपालिका भिमफेदी गाउँपालिका लगायत थुप्रै पालिकाहरूमा क्षति पुर्याएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*