सूर्य बहादुर लवागुनको नेतृत्वमा राक्सिराङमा राप्रपाको युवा संगठन

बकैया दर्पण संवाददाता
१७ आश्विन २०८१, बिहीबार १९:००

राष्ट्रिय प्रजातन्त्र पार्टीको जनवर्गीय संगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको राक्सिराङ गाउँपालिका अधिवेशन भएको छ ।

बिहिबार भएको अधिवेशनबाट सूर्य बहादुर लवागुनको अध्यक्षतामा १२ सदस्यीय पालिका समिति गठन गरिएको छ ।

राप्रपा केन्द्रीय समिति सदस्य राम बहादुर थोकरको प्रमुख आतिथ्य रहेको कार्यक्रममा बागमती प्रदेश समिति सदस्य खुसी कार्की, महिला संगठन केन्द्रीय सचिव सरस्वती थिङ, जिल्ला सदस्य बेलमान पाख्रिन, युवा संगठन जिल्ला संयोजक किशोर केसी खत्रीको आतिथ्य रहेको थियो । अधिवेशनबाट उपाध्यक्षमा रामकुमार प्रजा, सचिवमा काजीराम प्रजा र कोषाध्यक्षमा अनु कुमारी प्रजा चयन हुनुभएको छ ।

संगठनको सदस्यमा याकुव प्रजा, अंचल प्रजा, वीरबहादुर प्रजा, डिलराम प्रजा, रामशरण प्रजा, शान्तिमाया प्रजा, डिल्लीमाया प्रजा र हरि घलान सर्वसम्मत चयन हुनुभएको छ । संगठनको राष्ट्रिय अधिवेशन लक्षित गरी केही समयअघि मात्रै जिल्ला संयोजक चयन गरिएको थियो ।

 

 

जिल्ला संयोजक चयनपछि पहिलो पालिकाको रुपमा राक्सिराङ गाउँपालिका समितिको अधिवेशन सम्पन्न गरिएको जानकारी दिनुहुँदै जिल्ला संयोजक खत्रीले भन्नुभयो, “जिल्लाका बाँकी ९ वटा पालिकामा दसैंपछि अधिवेशन सम्पन्न गर्नेछौं ।”

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*