हेटौंडामा माघ २० गते शैक्षिक मेला तथा सांस्कृतिक कार्यक्रम

बकैया दर्पण संवाददाता
१८ माघ २०७९, बुधबार ०९:१५

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा यही माघ २० गते शैक्षिक मेला तथा सांस्कृतिक कार्यक्रम–२०७९ हुने भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ को आयोजनामा शैक्षिक मेला तथा सांस्कृतिक कार्यक्रम हुने भएको हो ।

४ नम्वर वडाभित्रका विद्यालय, हेटौंडा क्याम्पस र म्यानेजमेन्टको स्टल रहने मेलामा सामुदायिक तथा संस्थागत विद्यालयवीच प्रतिस्पर्धा, शैक्षिक अध्ययन तथा गुणस्तर सुधार एवम् विद्यार्थीको सिर्जनशील प्रतिभाको उजागर गरिने वडा अध्यक्ष नवीन सिग्देलले जानकारी दिए ।

उनका अनुसार, वडाभित्रका प्रत्येक विद्यालयबाट बढीमा १० जनाको समूहले निर्माण गरेको विज्ञान, गणित तथा सामाजिक विषयसँग सम्बन्धित सामग्रीहरुको प्रदर्शनी गरिनेछ ।

मेलाको करिब १० हजार विद्यार्थी तथा अभिभावकले अवलोकन गर्ने अध्यक्ष सिग्देलले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*