मकवनपुरमा नुहाउने क्रममा खोलामा डुबेर बालिकाको मृत्यु

बकैया दर्पण संवाददाता
२९ आश्विन २०८१, मंगलवार १४:१७

बकैया दर्पण : मकवानपुरको बागमती गाउँपालिकाको एक बालिकाको खोलामा नुहाउने क्रममा डुबेर मृत्यु भएको छ । वाग्मती गाउँपालिका—१ हात्तिढुंगाकी १३वर्षीया रुविना तामाङ चिरुवा खोलामा नुहाउने क्रममा खोलामा डुबेर मृत्यु भएको हो ।

रुविनासहित तीन जना बालिकाहरू चिरुवा खोलामा सोमबार दिउँसो नुहाउन गएका थिए । नुहाउने क्रममा उनी खोला डुबेकी थिइन् ।

खोलामा डुबेसँगै नुहाउन गएकी एलिना तामाङले रुविनाको हजुरआमा र हजुरबुबाु भनेपछि हतारहतारमा आएर खोलाबाट रुविनालाई निकालेका थिए । रुविनालाई तत्कालै उपचारका लागि झुरझुरेस्थित क्लिनिकमा लगिएको थियो ।

उनको उपचार गर्ने क्रममा नै मृत्यु भएृको प्रहरीले जनाएको छ । सोमबार राति नै पोष्टमार्टम गर्न उनको शव हेटौंडा अस्पताल ल्याइएको छ । रुविना मामा घर बस्दै आएकी थिइन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*