मोटरसाइकल दुर्घटनामा घाईते बकैया ४ को गौतमको मृत्यु

बकैया दर्पण संवाददाता
२४ भाद्र २०८१, सोमबार १२:४३

बकैया दर्पण : मकवानपुरमा मोटरसाइकल दुर्घटनामा घाइतेको उपचारका क्रममा मृत्यु भएको छ । हेटौंडाको हटियामा कुकुरले बाटोक्रस गर्दा मोटरसाइकलमा सवार दुइ जना घाइते मध्य एक जनाको उपचारका क्रममा मृत्यु भएको हो ।

हेटौडा उपमहानगरपालिका वडा नम्बर–१७ कठायत चोक स्थित धरान चतरा सडक खण्डमा हेटौडा बजारबाट ठुलोदमार तर्फ जादै गरेको ना ६४ प २७१० नम्बरको मोटरसाइकल सडकमा कुकुरले बाटो क्रस गर्दै गर्दा ठोकिएर दुइ जना घाइते भएका थिए।

घाइते मध्यमा मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर–४ बस्ने ४६ वर्षिय उत्तम गौतमको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उनको उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचार सम्भब नहुने भनि फिर्ता गरी चुरेहिल अस्पताल हेटौडा ल्याएकोमा उपचारको क्रममा गएराती डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

सडकबाट क्रस गर्न लागेको कुकुरलाई बचाउने क्रममा अचानक ब्रेक लगाई आफै अनियन्त्रित भई दुर्घटना हुदा मोटरसाइकल चालक मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर–४ बस्ने ४४ वर्षिय प्रभाब गौतम सामान्य भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*