बाग्मती प्रदेशमा मन्त्रिपरिषद् विस्तार गरेर आजै बेलुकी शपथ खुवाइँदै

मकवानपुर ।  बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज मन्त्रिपरिषद् विस्तार गर्न लाग्नुभएको छ । दुई जना मन्त्रीलाई आज बेलुकी नै शपथ खुवाउने तयारी भएको छ । नेपाली कांग्रेस संसदीय दलका नेतासमेत रहनुभएका बहादुरसिंह लामाको नेतृत्वमा कांग्रेस प्रदेश सरकारमा जाने...

बाग्मतीमा मन्त्रिपरिषद् विस्तार हुँदै, कांग्रेसबाट बहादुरसिं र तीर्थ मन्त्री बन्दै

मकवानपुर  । बाग्मती प्रदेशको मन्त्रिपरिषद् विस्तार हुने भएको छ। सत्ता समीकरण फेरिएपछि मुख्यमन्त्री शालिकराम जम्कट्टेलले दोस्रोपटक विश्वासको मत लिएको १६ औं दिनमा आइतवार मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन्। सत्ता गठबन्धनभित्र भागबण्डा नटुंगिएका कारण आज नेपाली कांग्रेसका दुई जनामात्रै सरकारमा...

बालकृष्ण पुडासैनी पुडासैनी मैत्री समाज मकवानपुरको पुनः अध्यक्षमा चयन

मकवानपुर । पुडासैनी मैत्री समाज मकवानपुरको अध्यक्षमा पुनः बालकृष्ण पुडासैनी चयन भएका छन् । समाजको शनिवार हेटौंडामा सम्पन्न चौथो अधिवेशनबाट अध्यक्ष बालकृष्णको नेतृत्वमा २३ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन भएको हो । समाजको वरिष्ठ उपाध्यक्षमा दिपक पुडासैनी, उपाध्यक्षमा यतिन्द्र...

झरनाको मुक्तक–साँझ सम्पन्न

मकवानपुर । झरना साहित्यिक परिवार मकवानपुर मकवानपुरको २८८ औं साहित्य शृङ्खला तथा २९ औँ मुक्तक–साँझ कार्यक्रम शनिबार सम्पन्न भएको छ । कार्यक्रममा अतिथि तथा स्थानीय मुक्तककारहरूका रचना वाचन, स्रष्टा सम्मान तथा माध्यमिक तह स्तरीय मुक्तक प्रतियोगिता समावेश भएका थिए...

भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रको कार्यालय मकवानपुरमा कार्यरत कर्मचारीले विगत चार महिनादेखि तलब पाएनन्

मकवानपुर ।  भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रको कार्यालय मकवानपुरमा कार्यरत कर्मचारीले विगत चार महिनादेखि तलब पाएका छैनन् । कार्यालयमा प्राविधिक प्रशासनिकसहित स्थायी र करारका गरी २० कर्मचारी छन् । उनीहरुले गएको पुस महिनादेखि अहिलेसम्म तलब नपाएको गुनासो गरेका...

हेटौंडाका महिला जनप्रतिनिधिलाई क्षमता विकास तालिम

मकवानपुर ।    हेटौंडा उपमहानगरपालिका क्षेत्रका विभिन्न वडामा निर्वाचित भएका महिला जनप्रतिनिधिका लागि नेतृत्व तथा क्षमता विकास तालिम सुरु भएको छ । हेटौंडा उपमहानगरपालिका महिला तथा बालबालिका महाशाखाको आयोजनामा पाँच दिने तालिक सुरु भएको हो । उक्त तालिमको उपमहानगरका कार्यबाहक...

पत्रकार महासंघ मकवानपुरको आयोजनामा प्रभातफेरी

मकवानपुर । नेपाल पत्रकार महासंघ मकवानपुरले बिहीबार हेटौंडामा प्रभातफेरी कार्यक्रमको आयोजना गरेको छ । पत्रकार महासंघको ६८ औैं स्थापना दिवसको अवसरमा उक्त कार्यक्रमको आयोजना गरिएको हो । प्रभातफेरी कार्यक्रम हेटौंडाको सिमा चोकबाट सुरु भई बुद्धचोक हुँदै बजार परिक्रमा गरेर...

मकवानपुरको बकैया गाउँपालिका वडा नम्वर ३ हात्तिसुडेमा सवारी दुर्घटना हुँदा पाँच जना घाइते

मकवानपुर ।  धरान–चतरा सडकखण्ड अन्तरगत पर्ने मकवानपुरको बकैया गाउँपालिका वडा नम्वर ३ हात्तिसुडे बजारस्थित गएराति सवारी दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । फापरबारीबाट हातिसुडेतर्फ आउँदै गरेको प्र.३–०२–०१० प.८८६१ नं.को मोटरसाइकललाई सोही दिशातर्फ आउँदै गरेको ग १४ प.३८७५...

मकवानपुरको साततले राजबास पुलमा मोटरसाइकलको ठक्करबाट एक जनाको ज्यान गयाे

मकवानपुर ।   मकवानपुरको वाग्मती गाउँपालिका वडा नम्बर–८ साततले राजबास पुलमा मोटरसाइकलको ठक्करबाट एक जनाको ज्यान गएको छ । हेटाैंडा–फापरबारी सडकखण्डमा फापरबारीबाट हेटाैंडातर्फ जाँदै गरेको बा २५ प १९०८ नम्बरको मोटरसाइकलले पैदल यात्री बकैया गाउँपालिका वडा नम्बर–८ खजुरीदमार बस्ने ५०...

मकवानपुरको हात्तिसुडेँमा ट्याक्टर दुर्घटना : दुई जना घाइते

मकवानपुर । मकवानपुरको बकैयाँ गाउँपालिका वडा नम्बर–३ हात्तिसुडेँमा ट्याक्टर दुर्घटना हुँदा दुइ जना घाइते भएका छन् । आज बिहान हात्तिसुडेस्थित हेटौडा–फापरबारी सडकखण्डमा फापरबारीबाट जुरेलीतर्फ आउदै गरेको प्रदेश २ को ०३ ००१ त ३१७२ नम्बरको ईन्जिनको भाग मात्र रहेको ट्याक्टर...