कृषि उपज सेवा केन्द्र र एकीकृत सहकारी बीच कच्चा दूध खरिद बिक्री सम्झौता सम्पन्न

बकैया दर्पण । कृषि उपज संकलन तथा बिक्री सेवा केन्द्र बकैया र एकीकृत कृषक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बीच कच्चा दूध खरिद बिक्री सम्झौता भएको छ। आज बाकैया गाउँपालिका कार्यालयमा दुवै पक्षको रोहबरमा सो सम्झौता भएको हो । सम्झौता...

नेपालमा पनि कोरोनाविरुद्ध खोपको नकारात्मक प्रभाव अध्ययन गरिँदै

बकैया दर्पण : नकारात्मक प्रभाव देखिएको स्वीकार्दै यतिखेर कोभिडविरुद्धको खोप एस्ट्राजेनेकाले विश्वभरबाट फिर्ता लिन शुरु गरेको छ। अक्सफोर्ड युनिभर्सिटीको सहकार्यमा एस्ट्राजेनेका विकास गरेको र यसकै सूत्रबाट भारतको सीरम इन्स्टिच्यूट अफ इन्डियाले कोभिशिल्ड खोप बनाएको थियो। यही सूत्रबाट बनेका कोभिशिल्ड लगायतका...

चिकित्सक नहुँदा थन्किए उपकरण

बकैया दर्पण । हेटौँडा अस्पतालमा मुटुरोग विशेषज्ञ नहुँदा उपकरण थन्किका छन् । मुटुरोग चिकित्सक नियुक्त नहुँदा ती उपकरण थन्किएका अस्पताल सञ्चालक समितिका सदस्य उत्सव चौलागाईंले बताए। बिरामीको अत्यधिक चाप रहने अस्पतालमा चिकित्सक नभएर उपकरण थन्काउन बाध्य भएको बताउँदै सञ्चालक...

वैशाख ६ र ७ गते भिटामिन ए र जुकाको औषधि खुवाइँदै

बकैया दर्पण । सरकारले यही वैशाख ६ र ७ गते बालबालिका लक्षित राष्ट्रिय भिटामिन ए तथा जुकाको औषधि खुवाउने कार्यक्रम सुरु गर्दै छ । ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकाहरुलाई भिटामिन ए क्याप्सुल खुवाइने छ । यसैगरी एक वर्षदेखि ५...

आजदेखि २०८१ साल सुरु, नयाँ वर्ष हर्षोल्लासका साथ मनाइँदै

बकैया दर्पण। आजदेखि विक्रम सम्वत् २०८१ साल सुरु भएको छ । नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन आज नेपालमा र विदेशमा रहेका नेपालीहरुले हर्षोल्लासका साथ एक आपसमा शुभकामना आदानप्रदान गरी मनाइरहेका छन् । नयाँ वर्ष आरम्भका अवसरमा आज नेपालभरका...

सोह्रौँ योजनाको मस्यौदामाथि गठबन्धन दलसँग छलफल

बकैया दर्पण । मस्यौदा निर्माणको अन्तिम चरणमा रहेको सोह्रौँ पञ्चवर्षीय आवधिक योजनाबारे राष्ट्रिय योजना आयोगले सत्ता साझेदार दलहरुसँग छलफल गरेको छ । प्रधानमन्त्री एवं आयोगका अध्यक्ष पुष्पकमल दाहालको उपस्थितिमा सत्तारुढ दलका प्रमुख तथा प्रतिनिधिसँग छलफल गरेको हो । बुधबार...

गायक निशान भट्टराई र मोडल ऋचा न्यौपानेको डिभोर्स

चैत २६, बकैया दर्पण । गायक निशान भट्टराई र मोडल ऋचा न्यौपानेको डिभोर्स भएको छ । चैत ७ गते काभ्रे जिल्ला अदालतका न्यायाधीश विश्वनाथ भट्टराईको इजलासले सम्बन्धबिच्छेदको आदेश दिएको हो । २०७७ सालमा यी दुईबिच कानुनी विवाह भएको थियो...

श्रम स्वीकृतिको काम एक घण्टामै

बकैया दर्पण । वैदेशिक रोजगारीमा जाने नेपाली कामदारले अबदेखि एक घण्टाभित्र नै श्रम स्वीकृति पाउने भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्र्तगतको काठमाडांैको ताहाचलस्थित वैदेशिक रोजगार कार्यालयले आवश्यक कागजपत्र पुगेको अवस्थामा एक घण्टामै सबै खालको श्रम स्वीकृति...

१४ किलो गाँजासहित तीनजना पक्राउ

बकैया दर्पण । जिल्ला प्रहरी कार्यालय कास्कीले झन्डै १४ किलो गाँजासहित कास्कीका दुई स्थानबाट तीन जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार आज विहान पोखरा महानगरपालिका–२७ ताल चोकबाट एकजना पक्राउ परेका थिए। उनी गोरखाको सुलिकोट गाउँपालिका–४ स्थायी घर...

‘उत्तीर्ण हुन नसके राहत, अनुदान र करारका शिक्षकहरूलाई आर्थिक प्याकेज दिई बिदा गर्नुपर्छ’

बकैया दर्पण। नेकपा (माओवादी केन्द्र) की सांसद नारायणी शर्माले विद्यालयहरूमा कार्यरत राहत, अनुदान र करारका शिक्षकहरू आन्तरिक प्रतिस्पर्धामा उत्तीर्ण हुन नसके आकर्षक आर्थिक प्याकेज दिई बिदाइ गर्नुपर्ने बताएकी छन् । आइतबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको...