‘उत्तीर्ण हुन नसके राहत, अनुदान र करारका शिक्षकहरूलाई आर्थिक प्याकेज दिई बिदा गर्नुपर्छ’

बकैया दर्पण संवाददाता
२५ चैत्र २०८०, आईतवार १५:०७

बकैया दर्पण। नेकपा (माओवादी केन्द्र) की सांसद नारायणी शर्माले विद्यालयहरूमा कार्यरत राहत, अनुदान र करारका शिक्षकहरू आन्तरिक प्रतिस्पर्धामा उत्तीर्ण हुन नसके आकर्षक आर्थिक प्याकेज दिई बिदाइ गर्नुपर्ने बताएकी छन् । आइतबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै शर्माले सो कुरा बताएकी हुन् ।

उनले भनिन्, ‘सम्पूर्ण विद्यालयहरूमा कार्यरत राहत शिक्षक, उच्च मावि अनुदान, करार, विशेष शिक्षक, शहीद स्मृति विद्यालयका शिक्षक, प्राविधिक धार शिक्षण सिकाई अनुदान, शिक्षाको हकमा सबैलाई एक पटकका लागि आन्तरिक प्रतिस्पर्धाका माध्यमबाट परीक्षा लिई सफल हुने सबैलाई स्थायी गर्ने र असफल हुनेलाई आकर्षक आर्थिक प्याकेज दिई ससम्मान बिदाइ गर्ने। पहिला एकै पटक हटाउने भन्ने पनि थियो । यस्तो नगरेर एक चोटि उनीहरूलाई मौका दिनुपर्छ ।’

समितिको बैठकमा बोल्दै संशोधनकर्ता सांसद स्वराज अहमद फारुकीले विधेयकमा मदरसा शिक्षाप्रति अन्याय भएको बताए। उनले मदरसा शिक्षामा उत्तीर्णहरूको अहिलेसम्म मान्यता नभएको भन्दै त्यसको व्यवस्था गर्नुपर्ने माग गरे ।

उनले भने, ‘यद्यपि मूलभूत रूपमा विधेयकमा मदरसा शिक्षाप्रति अन्याय भएकोमा आवश्यक संशोधन हाल्न चाहन्छु। नेपालको संविधान २०७२ ले सुनिश्चित गरेको शिक्षा सम्बन्धी मौलिक हकलाई कार्यान्वयन गर्न आवश्यक छ ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*