गायक निशान भट्टराई र मोडल ऋचा न्यौपानेको डिभोर्स

बकैया दर्पण संवाददाता
२६ चैत्र २०८०, सोमबार १५:५०

चैत २६, बकैया दर्पण । गायक निशान भट्टराई र मोडल ऋचा न्यौपानेको डिभोर्स भएको छ ।

चैत ७ गते काभ्रे जिल्ला अदालतका न्यायाधीश विश्वनाथ भट्टराईको इजलासले सम्बन्धबिच्छेदको आदेश दिएको हो ।

२०७७ सालमा यी दुईबिच कानुनी विवाह भएको थियो । दुई वर्षको प्रेम सम्बन्धलाई उनीहरूले कानुनी विवाहमा परिणत गरेपनि सम्बन्ध लामो समय टिक्न नसकेको हो । सम्बन्धमा दरार आएपछि उनीहरूले सहमतिमै सम्बन्धलाई टुंग्याएको बताइएको छ ।

ऋचा भने मोडलिङ पेशामा आबद्ध छिन् भने निशान नेपाल आइडलको पहिलो सिजनको फस्ट रनरअप हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*