कृषि उपज सेवा केन्द्र र एकीकृत सहकारी बीच कच्चा दूध खरिद बिक्री सम्झौता सम्पन्न

बकैया दर्पण संवाददाता
२७ बैशाख २०८१, बिहीबार २०:४६

बकैया दर्पण । कृषि उपज संकलन तथा बिक्री सेवा केन्द्र बकैया र एकीकृत कृषक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बीच कच्चा दूध खरिद बिक्री सम्झौता भएको छ।

आज बाकैया गाउँपालिका कार्यालयमा दुवै पक्षको रोहबरमा सो सम्झौता भएको हो । सम्झौता अनुरूप कृषि उपज संकलन सेवा केन्द्रले एकीकृत सहकारीको कच्चा दूध खरिद गर्नेछ।

खरिद गर्ने कच्चा दूध न्यूनतम गुणस्तरको हुनुपर्ने र सम्झौता आगामी जेठ १ बाट लागू हुनेगरी १० वर्षको लागि रहने सम्झौता शर्तमा उल्लेख गरिएको छ ।

कृषि उपज संकलन सेवा केन्द्र बकैया गाउँपालिका को स्वामित्वमा रहेको संस्था हो । सम्झौतामा सेवाकेन्द्रको तर्फबाट बकैया गाउँपालिकाको अध्यक्ष धर्मराज लामिछाने र सहकारीको तर्फबाट उद्धव सापकोटाले हस्ताक्षर गरेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*