श्रम स्वीकृतिको काम एक घण्टामै

बकैया दर्पण संवाददाता
२६ चैत्र २०८०, सोमबार ०५:०४

बकैया दर्पण । वैदेशिक रोजगारीमा जाने नेपाली कामदारले अबदेखि एक घण्टाभित्र नै श्रम स्वीकृति पाउने भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्र्तगतको काठमाडांैको ताहाचलस्थित वैदेशिक रोजगार कार्यालयले आवश्यक कागजपत्र पुगेको अवस्थामा एक घण्टामै सबै खालको श्रम स्वीकृति उपलब्ध गराउने भएको हो ।

आइतबार ताहाचलस्थित वैदेशिक रोजगार कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद (डिपी)अर्यालले श्रमिकले सबै प्रक्रिया पूरा गरी आवश्यक कागजपत्रसहित कार्यालय समयमा अनलाइनबाट आवेदन दिएमा २ मिनेट ४४ सकेन्डमा नै श्रम स्वीकृति प्रदान गर्न सक्ने अवस्था रहेको बताएका हुन् ।

हाफ पाइन्ट, टिसर्ट र चप्पल लगाएर, चर्को मिटर ब्याजमा ऋण लिएर वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिन आउने श्रमिकलाई फेरी तीन÷चार दिन लगाएर अल्झाउने काम कुनै पनि हालतमा स्वीकार्य छैन । श्रमिक कुनै पनि बहानामा ठगिनुहुँदैन । त्यसैले, मेरो पहिलो एजेन्डा श्रम स्वीकृतिको प्रक्रियालाई छिटो गराउनु थियो’ उनले भने ।

श्रम स्वीकृति पूर्णरूपमा निःशुल्क हो । श्रमिकले आप्mनै मोबाइल वा कम्पप्युटरबाट अनलाइन आवेदन दिन सक्नेछन् । श्रम स्वीकृति पनि अनलाइनबाट नै प्राप्त गर्न सक्नेछन् । यसका लागि कार्यालय धाइरहनु नपर्ने मन्त्री अर्यालले बताए । सकिन्छ भने आफ्नै मोबाइल वा कम्प्युटरबाट आवेदन दिन आग्रह गर्दै उनले आवेदन दिने प्रक्रिया पनि विभागको वेभसाइटमा राखिएको बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*