संसदीय समितिका सभापतिको निर्वाचन भदौ ११ गते हुने

मकवानपुर । संसदीय समितिको नेतृत्व निर्वाचनबाट हुने भएको छ । सहमतिबाटै नेतृत्व चयनका लागि सभामुख देवराज घिमिरेले पटक पटक दलहरूलाई आग्रह गर्दा पनि चासो नदेखाएपछि निर्वाचन तय भएको हो । सभामुख घिमिरेले समितिको नेतृत्व चयनको लागि भदौ ११ गते...

कांग्रेसका नेता कार्कीको निधनमा दुई दिन पार्टी झण्डा आधा झुकाउने

मकवानपुर । कांग्रेसका नेता डा. राजाराम कार्कीको निधनको शोकमा नेपाली कांग्रेसले बिहीबार र शुक्रबार पार्टीको झण्डा आधा झुकाउने भएको छ । बिहीबार बिहान बसेको केन्द्रीय समितिको बैठकले कार्कीको निधनमा शुक्रबार केन्द्रीय र जिल्ला कार्यालयहरु बन्द गर्ने र बिहीबार र...

आजपनि बस्दै प्रतिनिधि सभाको बैठक

मकवानपुर । संघीय संसदअन्तर्गत बिहीबार प्रतिनिधि सभाको बैठक बस्दैछ । नयाँ बानेश्वरस्थित संसद भवनमा बैठक बिहीबार दिउँसो १ बजेबाट सुरु हुनेछ । बिहीबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले निर्वाचन आयोग, नेपालको पन्ध्रौँ वार्षिक प्रतिवेदन २०७७/०७८ र सोह्रौँ वार्षिक प्रत्विेदन २०७८/०७९...

राप्रपा र एमालेका सांसदहरुले गरे कोशी प्रदेशसभाको बैठक बहिस्कार

मकवानपुर । नेकपा एमाले र राप्रपाका सांसदहरुले कोशी प्रदेशसभाको आजको बैठक बहिस्कार गरेका छन् । बुधबार बैठक सुरु भएलगत्तै एमाले र राप्रपाका सांसदहरू उठेर विरोध जनाएका थिए । मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने बैठकमा गत सोमबार सभाध्यक्ष इस्राइल...

कोशीका मुख्यमन्त्रीको विश्वासको मतविरुद्ध रिट लिएर एमाले नेताहरु सर्वोच्चमा

मकवानपुर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले संविधान मिचेर विश्वासको मत लिएको दाबी गर्दै नेकपा एमाले रिट लिएर सर्वोच्च अदालत पुगेको छ । एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीसहितका नेता बुधबार सर्वोच्च अदालत पुगेका हुन् । सोमबार...

संसदको अवरोध हट्यो दलहरुबीचको सहमतिसँगै

मकवानपुर । राजनीतिक दलहरुबीच दुईबुँदे सहमति भएसँगै संसदको अवरोध हटेको छ । बुधबार संसदमा प्रतिनिधितव गर्ने ७ राजनीतिक दलहरुबीच प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको बैठकमा संसद अवरोध खुलाउने बिषयमा सहमति भएपछि संसद अवरोध हटेको हो । प्रमुख प्रतिपक्षी दल नेकपा...

दलहरूबीच दुई बुँदे सहमतिमा हस्ताक्षर हुँदै

मकवानपुर । राष्ट्रिय मान्यताप्राप्त दलहरुको बैठकमा सहमति जुटेको छ । सुन तस्करी छानबिन र संसद खुलाउनेबारे सहमतिमा हस्ताक्षर हुन लागेको रास्वपा उपसभापति डीपी अर्यालले जानकारी दिए ।

सिंहदरबारमा शीर्ष नेताहरुको बैठक सुरु

मकवानपुर । संसदको गतिरोध अन्त्य गर्नेबारे छलफल गर्न राष्ट्रिय दलहरुको बैठक सुरु भएको छ । प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा सुरु भएको बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र जनता समाजवादी पार्टीका नेताहरु सहभागी छन् ।...

मन्त्रिपरिषदद्वारा प्रधानमन्त्री दाहालको न्यूयोर्क भ्रमण स्वीकृत

मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को न्यूयोर्क भ्रमण बुधबारको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको छ। परराष्ट्र मन्त्रालयको प्रस्तावमा प्रचण्ड नेतृत्वको नेपाली प्रतिनिधिमण्डलको भ्रमण स्वीकृत गरेको हो। संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड त्यसतर्फ जाँदैछन्। मन्त्रिपरिषदको बैठकले...

हर्क साम्पाङले आफूमाथि दुर्व्यवहार गरिएको भन्दै दिए प्रहरीमा उजुरी

मकवानपुर । धरानका मेयर हर्क साम्पाङले वृक्षारोपण गर्न जाँदा अवरोध गर्ने जग्गाधनीविरुद्ध आफूमाथि दुर्व्यवहार गरेको भन्दै प्रहरीसमक्ष उजुरी हालेका हुन् । मेयर साम्पाङले रोजिना अधिकारी र रोशन अधिकारीविरुद्ध जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रभु ढकालले बताए ।...