निर्वाचनमा तालमेल गरेर अघि बढ्न सत्ता गठबन्धनका दलहरुको नेता कार्यकर्तालाई अपिल

मकवानपुर । सत्ता गठबन्धनमा रहेका पाँच दलले आगामी स्थानीय तह निर्वाचनमा तालेमेल गरेर अघि बढ्न आफ्ना नेता तथा कार्यकर्तालाई अपिल गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको गठबन्धनको बैठकपछि पाँचै दलका शीर्ष नेताहरुले अपिल जारी गरेका हुन् ।...

एमालेले उम्मेदवारको सिफारिस टुंग्याउँदै

मकवानपुर । नेकपा एमालेले भटाभट स्थानीय चुनावका लागि उम्मेदवारहरुको सिफारिस टुंग्याउदै गएको छ । एमालेले यही चैत ३० गतेभित्र सिफारिस पठाईसक्न जिल्लाहरुलाई निर्देशन दिएकाे हाे । जिल्लाहरुबाट सिफारिस प्रदेशमा आएपछि प्रदेश कमिटिले उम्मेदवारहरुको टुंगो लगाउने छ । प्रदेशले टुंगो...

कांग्रेस सभापति देउवाको गाउँपालिकामै गठबन्धन अस्वीकार

मकवानपुर । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गाउँपालिकामै गठबन्धन अस्वीकार गरिएको छ । नेपाली कांग्रेस गन्यापधुरा गाउँपालिका (डडेलधुरा) को कार्य समितिले चुनावी तालमेल अस्वीकार गर्ने निर्णय गरेको हो। प्रधानमन्त्री देउवाको मतदाता नामावली समेत रहेको गन्यापधुरा गाउँपालिकामा कांग्रेस...

छलफलबिनै आचारसंहितामा लिखित प्रतिवद्धता गराउन खोजेको भन्दै दलहरुद्वारा विरोध

मकवानपुर । निर्वाचन आयोगले दलहरुलाई बोलाएको छलफलमा चर्काचर्की भएको छ । निर्वाचन आयोगले २०७९ बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा भाग लिने ७९ राजनीतिक दलहरुलाई निर्वाचन आचारसंहिता पालना गर्ने प्रतिबद्धता जनाउन बोलाएको आजको छलफलमा चर्काचर्की भएको हो ।...

निर्वाचन आयोगले आज राजनीतिक दलहरूसँग छलफल गर्दै

मकवानपुर । निर्वाचन आयोगले आज मंगलबार स्थानीय तहको चुनावमा भाग लिने सबै राजनीतिक दलहरूसँग छलफल गर्दैछ । निर्वाचनमा भाग लिने ७९ वटा दलहरूलाई मंगलबार बिहान साढे ११ बजे छलफलका लागि बोलाइएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभएको...

सत्ता गठबन्धनको बैठक बस्दै

मकवानपुर । सत्तारूढ पाँच दलीय गठबन्धनको बैठक आज मंगलबार बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा अहिले केही बेरमा बस्ने बैठकमा स्थानीय तह निर्वाचनमा तालमेलको मोडालिटीबारे छलफल हुनेभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणबाट फर्किएपछि पहिलो पटक गठबन्धनको बैठक बस्न...

बागमती प्रदेश उच्च शिक्षा ऐन कार्यान्वयनको प्रक्रियामा

मकवानपुर । बागमती प्रदेशमा प्रदेश उच्च शिक्षा ऐन, २०७८ कार्यान्वयन प्रक्रिया अघि बढेको छ । प्रदेश सरकारले संसदबाट पारित भएको प्रदेश उच्च शिक्षा ऐन, २०७८ लाई १४ चैतमा जारी गरी कार्यान्वयन प्रक्रिया अघि बढाएको हो । ऐन कार्यान्वयन प्रक्रियालाई...

एमाले गठबन्धनको पक्षमा नभएको वरिष्ठ उपाध्यक्ष पोखरेलको भनाई

मकवानपुर । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमाले कुनै पनि गठबन्धनको पक्षमा नरहेको बताएका छन्। प्रेस चौतारी चितवनले सोमवार बिहान आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, ‘तपाईंहरु एकदम प्रष्ट हुनुहोला, नेकपा एमाले कुनै गठबन्धनको पक्षमा छैन।’ स्थानीय आवश्यकताअनुसार...

काष्ठमण्डपको पुनर्निर्माण सम्पन्न, राष्ट्रपतिले आज उद्घाट्न गर्ने

मकवानपुर । भूकम्पले ध्वस्त भएको काठमाडौँको ऐतिहासिक सम्पदा काष्ठमण्डपको पुनर्निर्माण पूरा भएको छ । आज दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीले नवनिर्मित काष्ठमण्डपको उद्घाट्न गर्नुहुने भएको छ । मरुसत्तलको रुपमा पनि चिनिने काष्ठमण्डपकोबीच भागमा गोरखनाथ र चार कुनामा गणेशका नयाँ मूर्ति...

शिक्षा क्षेत्रको विकासमा राष्ट्रपतिको जोड

मकवानपुर। राष्ट्रपति विद्यादेवी भण्डारीले शिक्षा क्षेत्रको विकासमा जोड दिनुपर्ने बताउनुभएको छ । भुकम्पले क्षती पुर्याएको सिन्धुपाल्चोकस्थित पाँच पोखरीको थाङ्पाल भ्याली विद्यालयको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । विद्यालयलयको आज ९आइतबार० उद्घाटन गर्दै भण्डारीले विद्यालय स्थापनाले शिक्षा क्षेत्रको विकासमा...