मंसिर ४ मा हुने निर्वाचनका लागि आजदेखि दल दर्ता

मकवानपुर । निर्वाचन आयोगले आगामी मंसिर ४ हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि आजदेखि दल दर्ता गर्ने भएको छ । दल दर्ताको प्रक्रिया यही साउन ३१ गतेसम्म जारी रहने छ । साउन १९ गतेसम्म निर्वाचन आयोगमा दर्ता...

जनताको अपेक्षा अनुसार काम गर्न केन्द्रीय सदस्य रानाको जनप्रतिनिधिलाई आग्रह

मकवानपुर । नेकपा एमाले केन्द्रीय सदस्य रामेश्वर रानाले जनप्रतिनिधिहरूले जनताको अपेक्षा बुझेर काम गर्नुपर्ने बताउनुभयो । नेकपा एमाले जिल्ला कमिटी, मकवानपुरद्वारा आयोजित तथा स्थानीय तह विभागले संयोजनमा भएको स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूको भेलालाई सम्बोधन गर्दै जनताको कामलाई प्राथमिकताका साथ...

आइतबारदेखि दल दर्ता सुरु

मकवानपुर । सरकारले संघीय र प्रदेश सभाको चुनावको मिति घोषणा गरेसँगै निर्वाचन आयोगले आइतबारदेखि राजनीति दल दर्ताको प्रक्रिया सुरु गर्ने भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले चुनावका लागि आइतबारदेखि दल दर्ता प्रक्रिया सुरु गरिने जानकारी दिनुभयो ।...

मंसिर ४ गते प्रदेश र प्रतिनिधिसभा निर्वाचन गर्ने मन्त्रिपरिषद्को निर्णय

मकवानपुर । सरकारले प्रदेश र प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते गर्ने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते गर्ने निर्णय गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले जानकारी दिनुभयो । यसअघि...

निर्वाचनको मिति सरकारले आज घोषणा गर्ने सम्भावना

मकवानपुर । मन्त्रिपरिषदको बैठक आज बिहीबार दिउँसो बस्दै छ । बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्ने छ । कुनै राजनीतिक घटना क्रम नभए सरकारले बिहीबार प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको मिति घोषणा गर्दैछ । सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूबीच बुधबार...

सरकारका कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न प्रधानमन्त्री देउवाको निर्देशन

मकवानपुर । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्री र मन्त्रालयका सचिवहरुलाई सरकारको काम प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ । मंगलबार सिंहदरवारमा आयोजित मन्त्री र सचिवहरुको संयुक्त बैठकलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री देउवाले सरकारका कार्यक्रम र बजेट कार्यान्वयन लगायतका विषय प्रभावकारी बनाउन...

विपद् प्रभावितको उद्धार र राहतमा जुट्न गृहमन्त्रीको निर्देशन

मकवानपुर । गृहमन्त्री बालकृष्ण खाणले देशका विभिन्न ठाउँमा गएको बाढी–पहिरोले पुर्‍याएकाे क्षतिबारे जानकारी लिइ राहत, उद्धार र व्यवस्थापनमा जुट्न निर्देशन दिनुभएको छ । गृहमन्त्री खाणले म्याग्दीको मालिका गाउँपालिका २ रुममा गएको पहिरो, चितवनको भरतपुर महानगरपालिका २९ केराबारीमा गएको पहिरोले...

विप्लवलाई भड्काएर सरकारले शान्ति बिथोल्न खोजेको एमालेको आरोप

मकवानपुर । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले ललितपुर जिल्ला अदालतले विप्लवसहित नेकपा नेता कार्यकर्तालाई पक्राउ पुर्जी जारी गरेकोप्रति आपत्ति जनाएको छ । प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै एमालेका प्रमुख सचेतक विशाल भट्टराईले केपी ओली सरकारले गरेको ३ बुँदे सहमति...

प्रतिनिधि सभा बैठक बस्दै

मकवानपुर । संघीय संसद अन्तर्गत आज मंगलबार प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने संसद सचिवालयले जनाएको छ । मंगलबारको बैठकमा प्रतिनिधि सभामा उत्पत्ति भएको “खानेपानी तथा सरसफाइ विधेयक, २०७७” का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश...

विप्लवविरुद्ध पक्राउ पुर्जी जारी

मकवानपुर । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव, प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डसहित नेताहरूविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । ललितपुर जिल्ला अदालतले उहाँहरूविरूद्ध हातहतियार तथा खरखजाना समेतको मुद्दा, विस्फोटक पदार्थ विस्फोटन गराई कर्तव्य ज्यान, राज्य विरुद्धको अपराध समेतको...