आफ्नो भाइ हलो जोतेर जिविकोपार्जन गरिरहेको एमाले अध्यक्ष ओलीको भनाई

बकैया दर्पण संवाददाता
२९ श्रावण २०७९, आईतवार ११:०२

मकवानपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो एक भाइ रहेको र उ वडा कमिटीमा रहेर काम गरिरहेको बताउनुभयो।

राजनीतिमा नातावादको चरम असन्तुष्टि बढिरहँदा अध्यक्ष ओलीले नेकपा एमाले त्यस्तो पार्टी नभएको उल्लेख गर्दै उहाँले, ‘मेरो एक जना भाइ छ, उ अहिले भद्रपुरमा हलो जोतेर आफ्नो जिविका चलाएर बसेको छ उ अहिले वडा कमिटीमा संगठित रहेको छ ।’ उहाँले आफ्नो श्रीमती पनि राजनीतिमा नआउने उल्लेख गर्नुभयो ।

काठमाडौंमा भएको एक कार्यक्रमा अध्यक्ष ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लक्षित गर्दै आफ्नो पार्टी छोरी, बुहारी, जुवाईँ र अन्य कुनैलाई पनि पार्टीका शीर्ष तहमा ल्याउने पार्टी एमाले नभएको उल्लेख गर्नुभयो ।

यस्तै उहाँले आफूसँग उपचार गर्ने पैसासमेत नभएको बताउनुभएको छ । आफ्नो र श्रीमतीको नाममा रहेको घर र जग्गा दान गरिसकेको बताउँदै उहाँले उपचारका लागि आवश्यक परेमा त्यसलाई बेच्न पनि नसक्ने बताउनुभयो । आफ्नो र श्रीमतीको नाममा रहेको सम्पत्ति राज्यको भइसकेको बताउँदै उहाँले भन्नुभयो, ‘तपाईंहरुले उपचार गरिदिनुभयो भने हुन्छ । मैले मेरो घरजग्गा बेच्न पनि पाउँदैन । किनभने दान गरिसकेको छु ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*