प्रतिनिधि सभाबाट दुई विधेयक पारित, कोरम नपुगेर बैठक स्थगित

बकैया दर्पण संवाददाता
२९ श्रावण २०७९, आईतवार १६:१५

मकवानपुर । प्रतिनिधि सभाको आइतबारको बैठक कोरम नपुगेर स्थगित भएको छ । सार्वजनिक ऋण विधेयक २०७९ पारित गरियोस् भन्ने प्रस्ताव भए पनि कोरम नपुगेसँगै बैठक स्थगित भएको हो । कोरम पुग्न ६९ जना सांसद चाहिनेमा बैठकमा ६७ जना मात्रै सांसद उपस्थित भएपछि सभामुख अग्निप्रसाद सापकोटाले बैठक १५ मिनेटका लागि स्थगित गर्नुभएको थियो । तर पुनः बैठक सञ्चालन गरे पनि कोरम नपुगेपछि बैठक आगामी साउन ३१ गतेसम्मका लागि स्थगित गरिएको सभामुख सापकोटाले जानकारी गराउनुभएको थियो । यस अघि, बैठकबाट बीमा सम्बन्धी र शहरी क्षेत्र यातायात प्राधिकरण सम्बन्धी गरी दुई बिधेयक पारित भएका थिए । दुई विधेयक पारित हुँदासम्म कोरम पुगेको र त्यसपछि सांसदहरू बाहिरिएकाले कोरम नपुगेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*