आजदेखि जनप्रतिनिधिलाई कांग्रेसले अभिमुखीकरण दिँदै

बकैया दर्पण संवाददाता
३० श्रावण २०७९, सोमबार १०:१८

मकवानपुर । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले आफ्नो पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरूका लागि आज सोमबारदेखि अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्दैछ । कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले गत वैशाख ३० गतेको चुनावमा आफ्नो दलबाट निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख/उपप्रमुख, महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाका प्रमुख/उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष/उपाध्यक्षहरूलाई दुई दिने प्रशिक्षण दिन लागेको हो । सोमबार दिउँसो ११ बजे पार्टी सभापति एवं पार्टी सभापति शेरबहादुर देउवाले कार्यक्रमको उद्घाटन गर्नुहुनेछ । निर्वाचित भएको ठीक तीन महिनापछि कांग्रेसले ललितपुरमा सोमबार र मंगलबार प्रशिक्षण दिइन लागेको एक नेताले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*