बागमती प्रदेश : सर्वदलीय बैठकको आह्वान

मकवानपुर । बागमती प्रदेशसभामा नवनिर्वाचित सांसदहरुको शपथ ग्रहणको मिति र समय निर्धारण गर्ने उद्देश्यले सर्वदलीय बैठक आह्वान गरिएको छ । प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काका अनुसार, शपथ थ्रहण मिति र समय निर्धारण गर्न यही पुष ८ गते बिहान...

आज राष्ट्रपतिसमक्ष निर्वाचन आयोगले चुनावको अन्तिम प्रतिवेदन पेस गर्ने

मकवानपुर । निर्वाचन आयोगले आज चुनावी प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेस गर्ने भएको छ । गएको ४ गते भएको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य चुनावको अन्तिम प्रतिवेदन बिहान १० बजे राष्ट्रपति भण्डारीसमक्ष पेस गर्ने तयारी रहेको निर्वाचन आयोगले...

देउखुरीबाट लुम्बिनीकाे राजधानी काम सुरु

मकवानपुर । लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यकाकाे देउखुरीमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयकाे उद्घाटन भएकाे छ । प्रदेश प्रमुख अमिक शेरचनले आज बुधवार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको झण्डोत्तोलन गर्नुभएको हो । २०७७ असोज २० गते प्रदेश सभाको दुई तिहाइ...

दल र उम्मेदवारका पौने ४ करोड धरौटी रकम जफत

मकवानपुर । मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा दल र उम्मेदवारका पौने ४ करोडभन्दा बढी धरौटी रकम जफत भएको छ। निर्वाचन आयोगले बुधबार पत्रकार सम्मेलन गरी दिएको जानकारी अनुसार प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवारले...

आज निर्वाचनको अन्तिम परिणाम सार्वजनिक गर्दै आयोग

मकवानपुर । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन २०७९ को अन्तिम नतिजा बुधबार घोषणा गर्दै छ। आयोग परिसरमा दिउँसो १ बजेपछि अन्तिम नतिजा घोषणा गर्ने जनाइएको हो । यससँगै आयोगले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचनको अन्तिम परिणाम पेस...

एमालेकाे समानुपातिक सूचीमा तीनवटा त्रुटी

मकवानपुर । निर्वाचन आयोगले समानुपातिक सांसदको सूची नसच्याउने निर्णय पुनरवलोकन गर्न नेकपा एमालेलाई आज पत्र पठाएको छ । आयोगले आज दिउँसो ३ बजेसम्मको समय दिएर सो निर्णय पुनरवोलकन गर्न पत्र पठाएको हो । शनिबार बुझाएको समानुपातिक सांसदको सूचीमा प्रदेशसभातर्फ...

काठमाण्डौमा सरकारले ल्याएको अध्यादेशविरुद्ध प्रदर्शन

मकवानपुर । सरकारले ल्याएको अध्यादेशविरुद्ध काठमाण्डौमा प्रदर्शन भएको छ । एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले विरोध प्रदर्शन गरेको हो । सरकारले फौजदारी मुद्दाको सजाय भोगिरहेका रेशम चौधरी, मोहमद आलमलगायतलाई उन्मुक्ति दिने गरी अध्यादेश ल्याउन लागेको भन्दै उनिहरुले आज बिहान त्रिचन्द्र...

आज समानुपातिकतर्फको अन्तिम सूची निर्वाचन आयोगले सार्वजनिक गर्ने

मकवानपुर । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको समानुपातिकतर्फको अन्तिम सूची आज मंगलबार सार्वजनिक गर्ने तयारी गरेको छ । आयोगको राजनीतिक दल शाखाका उपन्यायाधिवक्ता तथा समानुपातिकतर्फका प्रवक्ता गुरूप्रसाद वाग्लेले समानुपातिक सांसदहरूको सूची सोमबार सार्वजनिक गर्ने...

राप्रपा नेपालद्वारा सरकारले ल्याएको अध्यादेशको विरोध

मकवानपुर । राप्रपा नेपालले सरकारले ल्याएको अध्यादेशको विरोध गरेको छ । राप्रपाले सोमबार एक विज्ञप्तिमार्फत सत्ता स्वार्थका निम्ति नयाँ संसदको बैठक बस्ने पूर्वसन्ध्यामा सरकारले फौजदारी संहितामा नयाँ व्यवस्था गर्न अध्यादेश ल्याइएको भन्दै विरोध जनाएको हो । पार्टीका प्रवक्ता वसन्तमान...

आजबाट निर्वाचन आचारसंहिता हट्यो

मकवानपुर । निर्वाचन आयोगले मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनलाई लक्षित गरी लागू गरेको निर्वाचन आचारसंहिता आजबाट हटाएको छ । आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन सम्पन्न भई मतपरिणाम सार्वजनिक भइसकेको हुँदा सोमबारदेखि...