पुष्पकमल दाहाल प्रचण्डले लिए प्रधानमन्त्रीको शपथ

मकवानपुर । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले तेस्रो पटक प्रधानमन्त्रीका रूपमा शपथ ग्रहण गरेका छन् । सोमबार शीतल निवासमा आयोजित शपथग्रहण समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री दाहाललाई शपथ गराएकी हुन् । दाहालले पहिलो पटक दौरा सुरुवालमा प्रधानमन्त्रीको शपथ लिएका...

प्रचण्ड सरकारमा तीनजना उपप्रधानमन्त्री

मकवानपुर । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा तीन जना उपप्रधानमन्त्री हुने भएका छन् । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, नेकपा एमालेबाट उपाध्यक्ष विष्णु पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधानमन्त्री बन्ने भएका हुन् । सोमबार संसद...

जनमत पार्टीले पायो उद्योग मन्त्रालय, उपाध्यक्ष अब्दुल खान मन्त्री

मकवानपुर । जनमत पार्टीका उपाध्यक्ष अब्दुल खान प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वको सरकारमा सहभागी हुने भएका छन् । पार्टीका अध्यक्ष सीके राउतले सञ्चारकर्मीहरुसँग कुरा गर्दै भागबण्डामा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय प्राप्त गरेको बताए । सत्ता गठबन्धनको बैठकपछि राउतले भने,...

राप्रपा सरकारमा नजाने, समर्थन भने गर्ने

मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रचण्ड नेतृत्वको सरकारमा नजाने भएको छ । नवनिर्मित सात दलीय गठबन्धनको बैठक बस्‍ने क्रममा बानेश्वर पुग्नु भएका पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले पत्रकारहरूसँग कुरा गर्नुहुँदै तत्काल सरकारलाई समर्थन मात्र गर्ने तर सरकारमा सहभागी नहुने...

नागरिक उन्मुक्ति पार्टी पनि सरकारमा नजाने

मकवानपुर । नागरिक उन्मुक्ति पार्टीले प्रधानमन्त्रीमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकम दाहाललाई समर्थन गर्ने तर सरकारमा भने नजाने बताएको छ । उन्मुक्ति पार्टीका एक नेताका अनुसार दाहाललाई अहिले बाहिरैबाट समर्थन गर्ने र आफूहरुले राखेका माग पूरा भएमात्रै सरकारमा जाने बताए...

प्रचण्डलाई देउवाको बधाई

मकवानपुर । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई नेपाली कांग्रेसका सभापति तथा निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले बधाई दिनुभएको छ । देउवाले सोमबार बिहान नेकपा (माओवादी केन्द्र) पदाधिकारी बैठक चलिरहेका बेला फोन गरेर बधाई दिनुभएको उपाध्यक्ष कृष्णबहादुर महराले बताउनुभयो ।...

शपथग्रहण आज ४ बजे प्रधानमन्त्रीको

मकवानपुर । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सोमबार प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् । राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारीका अनुसार, नवनियुक्त प्रधानमन्त्रीसहित मन्त्रीहरूको शपथ ग्रहण समारोह आज हुने भएको छ ।...

आज देउवा बालुवाटार छाड्दै

मकवानपुर । निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार सरकारी निवास बालुवाटार छाड्ने हुनुभएको छ । आइतबार सात दल र तीन स्वतन्त्र सांसदसहित १६९ सांसदको समर्थनमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ तेस्रो पटक प्रधानमन्त्रीमा नियुक्त हुनुभएपछि देउवाले सोमबार दिउँसो बालुवाटारस्थित सरकारी निवास छाड्न...

मन्त्रीबारे छलफल गर्न सात दलीय गठबन्धनको बैठक बस्दै

मकवानपुर । सात दलीय नयाँ सत्ता गठबन्धनको बैठक सोमबार बोलाइएको छ । सोमबार बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्रीको रुपमा समर्थन गरेका सात दलको बैठक बोलाइएको हो । बैठकमा नेकपा (माओवादी केन्द्र), नेकपा एमाले, राष्ट्रिय...

सिंहदरबारमा प्रचण्डको तेस्रो पटक इन्ट्री

मकवानपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ तेस्रो पटक प्रधानमन्त्री भएका छन् । नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी प्रभु साह लगायत सात पार्टीका १६९ सांसदको समर्थनमा प्रचण्ड प्रधानमन्त्री भएका हुन्...