प्रचण्डलाई देउवाको बधाई

बकैया दर्पण संवाददाता
११ पुष २०७९, सोमबार ११:४०

मकवानपुर । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई नेपाली कांग्रेसका सभापति तथा निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले बधाई दिनुभएको छ ।

देउवाले सोमबार बिहान नेकपा (माओवादी केन्द्र) पदाधिकारी बैठक चलिरहेका बेला फोन गरेर बधाई दिनुभएको उपाध्यक्ष कृष्णबहादुर महराले बताउनुभयो । उहाँका अनुसार कांग्रेसका अन्य नेताले पनि फोन गरेर प्रचण्डलाई बधाई दिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*