शपथग्रहण आज ४ बजे प्रधानमन्त्रीको

बकैया दर्पण संवाददाता
११ पुष २०७९, सोमबार १०:२३

मकवानपुर । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सोमबार प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् ।

राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारीका अनुसार, नवनियुक्त प्रधानमन्त्रीसहित मन्त्रीहरूको शपथ ग्रहण समारोह आज हुने भएको छ । सोमबार अपरान्ह ४ बजेका लागि समय तय भएको हो । उनलाई प्रतिनिधि सभाका १७० भन्दा बढी सांसदको समर्थन रहेको जानकारी पनि डा अधिकारीले दिए ।

हिजो प्रचण्डले प्रधानमन्त्रीका लागि प्रतिनिसभाका १६९ जना सदस्यको समर्थनसहितको दाबी पेश गरेका थिए। प्रधानमन्त्री प्रचण्डसँगै केही मन्त्रीले पनि आजै शपथ लिनेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*