आज देउवा बालुवाटार छाड्दै

बकैया दर्पण संवाददाता
११ पुष २०७९, सोमबार १०:१६

मकवानपुर । निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार सरकारी निवास बालुवाटार छाड्ने हुनुभएको छ ।

आइतबार सात दल र तीन स्वतन्त्र सांसदसहित १६९ सांसदको समर्थनमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ तेस्रो पटक प्रधानमन्त्रीमा नियुक्त हुनुभएपछि देउवाले सोमबार दिउँसो बालुवाटारस्थित सरकारी निवास छाड्न लाग्नुभएको हो ।

प्रचण्डको शपथअघि नै देउवा बालुवाटार छाड्ने तयारीमा हुनुहुन्छ । देउवा बूढानिलकण्ठकै कुनै एक होटलमा बस्ने तयारीमा हुनुहुन्छ । देउवानिकट स्रोतका अनुसार बूढानिलकण्ठस्थित देउवाको घर मर्मत भइरहेकाले उक्त घरमा तत्काल बस्न मिल्ने अवस्था छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*