सोमालियामा आइएसका उच्च नेता सुडानीकाे मृत्यु भएकाे अमेरिकाकाे घोषणा

एजेन्सी । अमेरिकाले अन्तर्राष्ट्रिय आतंकवादी संस्था आईएसका उच्च नेता विलाल अल सुडानी सोमालियामा मृत्यु भएकाे घोषणा गरेको छ । अमेरिकी सेनाले सोमालियामा गत बुधबार गरेको कारबाहीमा सुडानीकाे मृत्यु भएको अमेरिकी रक्षामन्त्री ललोइड अस्टिनले घोषणा गरेका हुन् । सुडानीको मृत्यु...

क्रिस हिपकिन्स न्युजिल्याण्डको नयाँ प्रधानमन्त्रीमा

एजेन्सी । न्युजिल्याण्डमा सत्तारुढ लेबर पार्टीका नेता क्रिस हिपकिन्स नयाँ प्रधानमन्त्री बन्नुभएको छ । प्रधानमन्त्री ज्यासिण्डा आर्डनले गत हप्ता पदत्गाग गरेपछि लेबर पार्टीले हिपकिन्सलाई पार्टी नेता चयन गर्दै नयाँ प्रधानमन्त्री बनाउने निर्णय गरेको थियो । बेलायती राजा चार्ल्सका प्रतिनिधिको...

युक्रेनका चार मन्त्री, पाँच क्षेत्रीय गभर्नरसहित उच्च अधिकारीद्वारा राजीनामा

एजेन्सी । युक्रेनका चार जना सहायक मन्त्री र पाँच क्षेत्रीय गभर्नरसहित उच्च अधिकारीले राजीनामा दिएका छन् । राजीनामा दिनेमा सरकारका शीर्ष सल्लाहकारसमेत रहेका छन् । राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भ्रष्टाचारविरोधी अभियान सुरु गरेसँगै सरकारका वरिष्ठ अधिकारीहरूले राजीनामा दिन थालेका हुन्...

पाकिस्तानमा देशभर विद्युत् सेवा बन्द, जनजीवन प्रभावित

एजेन्सी । पाकिस्तानमा देशभर विद्युत् सेवा बन्द भएको छ । बिहान साढे सात बजे राष्ट्रिय ग्रिडमा समस्या आएपछि देशभर विद्युत् सेवा बन्द भएको पाकिस्तानको ऊर्जा मन्त्रालयलले विज्ञप्ति निकालेर जनाएको छ । अहिले पनि सबैभन्दा ठूलो सहर कराँची, राजधानी इस्लामावाद...

सरकारको पेन्सन सुधार कार्यक्रमविरुद्ध फ्रान्समा प्रदर्शन

एजेन्सी । फ्रान्सले अघि सारेको पेन्सन सुधार कार्यक्रम विरुद्ध प्रदर्शन भएको छ । संसद्मा प्रस्तुत हुन लागेको नयाँ विधेयकमा मानिसहरूले ६२ नभएर ६४ वर्षको औपचारिक उमेरसम्म काम गर्न पाउने प्रावधानलाई अघि सारिएको छ । यसैको विरोधमा भएको हडताल जुलुसका...

न्यूजील्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नले राजीनामा दिने

मकवानपुर । जसिन्डा आर्डर्नले आगामी महिना न्यूजील्यान्डको प्रधानमन्त्री पद छाड्ने बताएकी छन् । बितेको ६ वर्ष ‘चुनौतीपूर्ण’ पदमा बसेपछि अबको चार वर्षसम्म योगदान गर्न विशेष केही बाँकी नरहेको उनले तर्क गरेकी छन् । उनले आगामी चुनाव पनि नलड्ने बताएकी...

रूसी आक्रमणमा मृत्यु हुनेकाे संख्या ४० पुग्याे, ३२ वेपत्ता

एजेन्सी । रुसले युक्रेनमा हालै गरेको मिसाइल आक्रमणमा मृत्यु हुनेहरुको शव धमाधम फेला पर्न थालेको छ । रुसले युक्रेनको दिनिप्रो शहरस्थित आवासीय भवनमा गरेको मिसाइल आक्रमणमा मृत्यु हुनेको संख्या ४० जना पुगेको हाे । उद्धारकै क्रममा भग्नावशेषमा च्यापिएकाहरुको थप...

अन्तरिक्षमा रकेट पठाउन बेलायत असफल

एजेन्सी । अन्तरिक्षमा रकेट पठाउन बेलायत असफल भएको छ । विगतमा बेलायतमा उत्पादन भएका भूउपग्रहहरूलाई अन्तरिक्षमा यात्रा गर्न विदेशी सुविधामा पठाइएको थियो । बेलायतले पहिलोपटक आफ्नै माटोबाट उपग्रहलाई अन्तरिक्षमा लैजाने गरेको प्रयास विफल भएको बीबीसीले जनाएको छ । बेलायतले...

ब्राजिलमा सरकारविरोधी गतिविधिमा सङ्लग्न १५ सय जना पक्राउ

एजेन्सी । ब्राजिलमा सरकारविरोधी गतिविधिमा सङ्लग्न रहेको आरोपमा झण्डै १५ सय जना पक्राउ परेका छन् । ब्राजिलका पूर्वराष्ट्रपति जायर बोल्सोनारोका समर्थकहरूले राजधानी ब्रासिलियामा रहेको राष्ट्रपति भवन र सर्वोच्च अदालतमा आक्रमण गरेपछि झण्डै १५ सय जना पक्राउ परेका बीबीसीले जनाएको...

विश्वभर कोरोना निको हुनेको सङ्ख्या ६४ करोडभन्दा धेरै

एजेन्सी । विश्वभर कोरोना भाइरसको सङ्क्रमण निको हुनेको सङ्ख्या ६४ करोड नाघेको छ । गत २४ घण्टामा २ लाख ६७ हजारभन्दा धेरै सङ्क्रमित निको भएसँगै विश्वभर कोरोना सङ्क्रमण निको हुनेको सङ्ख्या ६४ करोड एक लाख भन्दा धेरै भएको हो...