माघ १५ गते अमेरिकी उपमन्त्री नुल्यान्ड नेपाल आउने

बकैया दर्पण संवाददाता
१३ माघ २०७९, शुक्रबार १८:४०

मकवानपुर । संयुक्त राज्य अमेरिकाका राजनीतिक मामिला उपमन्त्री भिक्टोरिया नुल्यान्ड नेपाल आउने भएकी छन् । उनी दुई दिने भ्रमणका लागि यही माघ १५ गते नेपाल आउने भएकी हुन् । भ्रमणको क्रममा उनले नेपालमा उच्च राजनीतिक भेटवार्ता गर्नुका साथै विभिन्न सांस्कृतिक सम्पदाको अवलोकन समेत गर्ने बताइको छ । उनले सन् २०२१ को अप्रिलमा राजनीतिक मामिलासम्बन्धी उपविदेश मन्त्रीका रूपमा शपथ लिएकी हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*