बालबोध माध्यमिक विद्यालयमा अध्ययनरत बालबालिकालाई स्वीटर वितरण

बकैया दर्पण संवाददाता
१९ पुष २०७९, मंगलवार १८:५४

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १७ स्थित बालबोध माध्यमिक विद्यालयमा अध्ययनरत बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ ।

शिवम् सिमेन्टस् लिमिटेडले मंगलबार एक कार्यक्तमबीच उक्त विद्यालयमा अध्ययनरत नर्सरीदेखि ६ कक्षासम्मका विद्यार्थीहरुलाई न्यानो कपडा स्वीटर वितरण गरेको हो ।

स्वीटर वितरण कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमल बहादुर विष्टको अध्यक्षतामा भएको हो ।

कार्यक्रममा शिवम् सिमेन्टस्का प्रशासनिक प्रमुख विष्णु घिमिरे, प्रधानाध्यापक रमेश रिजाल, सहायक प्रधानाध्यापक दीपकलाल श्रेष्ठ, विद्यालय व्यवस्थापन समितिका सदस्य सुदिप अर्याल, रिता दाहाललगायतको सहभागीता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*