थुनेलो रोग नियन्त्रणका लागि पहल

बकैया दर्पण संवाददाता
१९ पुष २०७९, मंगलवार १६:०२

मकवानपुर । बकैया गाउँपालिकामा बागमति प्रदेश दुग्ध विकास बोर्डले स्थलगत थुनेलो रोग नियन्त्रणका लागी प्रविधि प्रचार प्रसार कार्यक्रम गरेको छ ।

थुनलो रोग नियन्त्रणका लागी बोर्डले बकैया गाउँपालिकामा औपचारिक कार्यक्रम गरि सामाग्री समेत वितरण गरेको छ ।

बकैया गाउँपालिकाका उपाध्यक्ष भक्त्तबहादुर खत्रीको प्रमुख अतिथिमा सम्पन्न सो कार्यक्रममा बोर्डले टिट डिप कप टिट डिप केमिकल किसानलाई वितरण गरेको हो ।

स्थानिय किसानहरुको थुनेलो रोग सम्वन्धि गुनासोलाई समाधान गर्न गरिएको उक्त कार्यक्रमको अध्यक्षता प्रदेश दुग्ध विकास बोर्डका निम्ति निर्देशक डा.सजिता ज्ञवालीले गर्नु भयो ।

कार्यक्रममा हात्तिसुडेको दुग्ध सहकारी संघका अध्यक्ष तोयानाथ दाहाल, गाउँपालिका कृषि शाखाका अशोक कुमार सिंह लगायतका व्यक्तिहरुको उपस्थिति थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*