खुकुरी प्रहारबाट मकवानपुरमा एकजना गम्भिर घाइते

बकैया दर्पण संवाददाता
२७ भाद्र २०७९, सोमबार १०:३८

मकवापुर । हेटौँडा उपमहानगरपालिकाका २६ वर्षीय एक जना युवा खुकुरी प्रहारबाट गम्भिर घाईते भएका छन् । हेटौँडा उपमहानगरपालिका वडा नंबर १२ सिग्रेतीका बिरन घिसिङ खुकरी प्रहारबाट गम्भिर घाईते भएका हुन् ।

ब्यक्तिगत रिसिबीको कारण घिसिङलाई सोहि स्थानका ३८ वर्षका जनसागर ब्लोनले चौतारामा बसिरहेको अवस्थामा खुकुरी प्रहार गरि गम्भिर घाईते बनाईदिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । खुकरी प्रहारबाट गम्भिर बनेका बिरनको हेटौँडा अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारको लागि काठमाण्डौँ रिफर गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी टेकबहादुर कार्कीले बताउनुभयो । खुकुरी प्रहार गर्ने ब्लोनलाई प्रहरीले पक्राउ गरेको र थप अनुसन्धान जारी रहेको बताएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*