पोखरा विमानस्थलमा तेलको ट्यांकर पल्टिएपछि विमानस्थल अवरुद्ध

ट्यांकर उठाएर विमानस्थल सुचारु गर्ने कोशिस
बकैया दर्पण संवाददाता
१७ जेष्ठ २०७९, मंगलवार ०९:५३

मकवानपुर । पोखरा विमानस्थलको धावनमार्ग नजिकै तेलको ट्यांकर पल्टिएपछि विमानस्थल अवरुद्ध भएको छ । आज मंगलबार बिहान हेलिकप्टरमा तेल भर्न जाने क्रममा ट्यांकर पल्टिएपछि धावनमार्ग अवरुद्ध भएको हो ।
विमानस्थलमा उडान तथा अवतरण रोकिएको छ । दुई वटा क्रेन प्रयोग गरेर पल्टिएको ट्याङकर उठाउने र पोखिएको तेल सफा गर्ने काम भैरहेको विमानस्थलले जनाएको छ । बिहानको सयममा निकै चापमा हुने विमानस्थल रोकिंदा थुप्रै उडानहरु प्रभावित भएका छन् । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*