बेपत्ता विमान खोज्न बिहानैदेखि खटियो नेपाली सेनाको टोली

बकैया दर्पण संवाददाता
१६ जेष्ठ २०७९, सोमबार ०७:२४

मकवानपुर । आइतबार बिहानबाट बेपत्ता भएको तारा एयरको विमान खोज्न नेपाली सेनाको हेलिकोप्टर आज बिहानै मुस्ताङ पुगेको छ । आइतबार बिहान ९:५५ बजे पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान अझै बेपत्ता रहेको छ ।

हिजो राति ८ बजेसम्म पनि नभेटिएपछि उद्दार तथा खोजी टोली सदरमुकाम फर्किएको थियो । नेपाली सेनाका प्रवक्ता नारायण सिलवालका अनुसार साँझसम्म विमान नभेटिएपछि खोजी कार्य स्थगित भएको थियो । विमानको खोजीका लागि आज बिहानैदेखि टोली परिचालन गरिएको सिलवालको भनाइ छ ।

अध्यारो र प्रतिकुल मौसमका कारण नेपाली सेनाले खोजी तथा उद्दार कार्य अहिलेलाई रोकेको र आज बिहानैबाट स्थल तथा हवाई दुवै मार्गबाट पुनः खोजी कार्य सुरु थालिएको हो ।

नेपाली सेनाले बेपत्ता जहाज मुस्ताङको मानापाथी हिमालको फेदीमा रहेको हुनसक्ने सूचना आएको जनाएको नेपाली सेनाले जनाएको छ । खोजीका लागि सेनाको टोली आज विहानै त्यसतर्फ गएको छ । सम्पर्कविहीन भएको 9-N-AET कलसाइनको जहाजमा चार भारतीयसहित ६ विदेशी र १३ नेपाली यात्रु रहेको तारा एयर जनाएको छ ।

जसमा धनुषाको मिथिला नगरपालिका ११ लोटागाउँका एकै परिवारका ७ जना रहेका छन् । यस्तै गोरखाको शहीद लखन गाउँपालिका-५ को तिनपानेका ४ जना एकै परिवारका रहेका छन् ।

जहाजलाई क्याप्टेन प्रभाकरप्रसाद घिमिरेले उडाएका थिए भने को पाइलट उत्सव पोखरेल र एयर होस्टेज किस्मी थापा रहेको तारा एयरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*