माेरङमा बम विस्फाेट

बकैया दर्पण संवाददाता
२९ बैशाख २०७९, बिहीबार १०:४१

मोरङको मिक्लाजुङ गाँउपालिकामा बुधबार मध्यरात विष्फोट भएको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दिपक श्रेष्ठका अनुसार भौगोलिक रूपमा अति विकट रहेको गाउँपालिका १ मा विस्फाेटकाे आवाज सुनिएको हो ।

सोही गाँउपालिकाको बर्खेमा बिहीबार बिहानीपख बमजस्तो शंकास्पद वस्तुसमेत फेला परेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा सोही स्थानमा राति बम विष्फोट गराइएको हो। स्थानीय सरस्वती आधारभूत विद्यालय नजिकको क्षेत्रमा प्रेसर कुकर भेटिएको प्रहरी प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

विद्यालयबाट करिब ४० मिटरको दुरीमा प्रेसर कुकरमा खतरा संकेतसहित विद्युतीय तारहरू निकालिएको अवस्थामा सडकमा भेटिएको उनको भनाइ छ ।

घटनास्थललाई घेरबार गरी सुरक्षित राखिएको र नेपाली सेनाको बम निष्क्रिय टोली त्यसतर्फ जाँदै गरेको बताइएको छ । विद्यालयका शिक्षक मदन श्रेष्ठले सडकमा बेवारिसे अवस्थामा प्रेसर कुकर भेटिएपछि प्रहरीलाई खबर गरिएको बताए ।

श्रेष्ठले राति करिब ११ देखि १२ बजेको समयमय ठूलो आवाजसहित विष्फोट भएको आवाज सुनिएको जानकारी दिए । प्रहरीका अनुसार शंकास्पद वस्तु भेटिएको स्थान मिक्लाजुङको रमितेबाट करिब १२ किलोमिटर पूर्व र उर्लाबारीबाट लगभग ३२ किलोमिटर उत्तरमा पर्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*