मंगलबार र बुधबार देशभरका बालिबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

बकैया दर्पण संवाददाता
५ बैशाख २०७९, सोमबार १६:२८

मकवानपुर । सरकारले मंगलबार र बुधबार देशभर दोस्रो चरणको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाका अनुसार, ७ सय ५३ वटा पालिकाबाट बैशाख ६ र ७ गते राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउने कार्यक्रम रहेको छ ।

महाशाखाको पोषण शाखाका प्रमुख लिला थापाले देशभरबाट २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ र २३ लाख ९३ हजार बढी बालबालिकालाई जुकाको औषधि खुवाउने योजना रहेको जानकारी दिए । ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ र १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइने छ । स्थानीय तहले विद्यालय वा नजिकको स्वास्थ्य केन्द्रबाट औषधि खुवाउनेछन् । महाशाखाको पोषण शाखाका प्रमुख थापाका अनुसार यो कार्यक्रमका लागि ६ करोड ७१ लाख लाग्ने आंकलन गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*