बकैयाका किसानलाई आत्मनिर्भर बनाउन मौरी पालन तालिम

बकैया दर्पण संवाददाता
२३ मंसिर २०८०, शनिबार २१:२७

बकैया । मकवानपुरको बकैया गाउँपालिकामा व्यवसायीक मौरी पालन तालिम सुरु भएको छ । गाउँपालिकाको आयोजनामा एक हप्ते व्यवसायिक मौरी पालन तालिम सुरु भएको हो ।

बकैया गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेले किसानलाई आत्मनिर्भर बनाउन तालिमको आयोजना गरिएको बताए । उनले आयआर्जनसंग किसानलाई जोड्न पालिकाले मौरीपालन तालिम दिएको बताए ।

तालिम पश्चात व्यवसायीक रुपमै काम गर्न पालिकाले किसानलाई ५० प्रतिशत अनुदान दिने उनले जानकारी दिए । पालिकामा उत्पादन भएको मह बजारीकरण गर्न पनि सहयोग गरिने उनको भनाई छ ।

तालिममा बुद्धिनाथ तिमल्सिनाले प्रशिक्षण दिईरहेका छन । मंसीर २१ गतेदेखि सुरु भएको तालिम २७ गतेसम्म संचालन हुनेछ । पहिलो चरणको तालिममा बकैया गाउँपालिका वडा नं. ११ र १२ का ३५ बढी किसानहरुको सहभागिता रहेको छ । पालिकाले दोश्रो चरणमा वडा नं. १ र २ मा पनि व्यवसायीक मौरीपालन तालिमको आयोजना गर्ने भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*