रातोमाटेमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको ज्यान गयो, एक जना घाइते

बकैया दर्पण संवाददाता
२३ मंसिर २०८०, शनिबार ०६:३५

मकवानपुर – मकवानपुरको हेटौँडा उपमहागरपालिका वडानम्बर-१५ रातोमाटेमा बसको ठक्करबाट एक महिलाको ज्यान गएको छ । एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार ना ४ ख ९५२० नम्बरको बसले ना ५३ प ८५२७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा बारा जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १२ बस्ने ३२ वर्षीया निशा कुमारीको ज्यान गएको हो । उहाँ मोटरसाइकलमा सवार हुनुहुन्थ्यो ।

 

मोटरसाइकलका चालक निशाका श्रीमान ४३ वर्षीय रोशनकुमार राय घाइते हुनुभएको मकवानपुरका निमित्त प्रहरी प्रवक्ता एवम् प्रहरी निरीक्षक प्रकाश शाहले जानकारी दिनुभयो । घाइते रायको हेटौँडा अस्पतालमा उपचार भैरहेको छ । उहाँको अवस्था सामान्य रहेको पनि प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*