१४ किलो सुन बोकेर आएका चन्द्रले जव सुन मीनबहादुरको रहेको रहस्य खोले

बकैया दर्पण संवाददाता
२२ मंसिर २०८०, शुक्रबार १५:४४

बकैया मंसिर २२ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विहिबार राती पक्राउ गरिएको सुन गोरखाका मीनबहादुर घलेको रहेको खुलेको छ ।

विहिबार राती ११ः४० बजे फ्लाई दुबईको एफजेड ५७३ नम्बरको उडानबाट काठमाडौं आर्लिएको गोरखाकै चन्द्र घले १४ किलो सुनसहित पक्राउ परेपछि उक्त सुन मीनबहादुर घलेको भएको खलेको छ ।

छाती र जुत्तामा सुन लुकाएर ल्याएको सुन पक्राउपछि चन्द घलेले विमानस्थल भन्सार कार्यालयलाई दिएको बयानमा आफु भरिया मात्रै भएको बताएका छन् । उनी जहाजबाट सबै यात्रु ओर्लिसकेपछि अन्तिममा बाहिर निस्किएका थिए ।

उनले बिस्कुट आकारको ७ थान (१४ किलो) सुन कपडाको भित्रि ज्याकेज बनाएर छातीको दायाँबायाँ राखेर ल्याएका थिए उनको बयानको आधारमा प्रहरीले मीनबहादुरलाई राति नै धुम्बाराहीबाट पक्राउ गरेको छ । उनीहरू दुवै जना गोरखाको भएको बुझिएको छ ।

पक्राउ परेका दुबैजना निकासी पैठारी नियन्त्रण ऐन, २०१३ र भन्सार ऐन २०६४ अन्तर्गत भन्सार महसुल छली तथा चोरी पैठारी कसुर गरेकाले थप अनुसन्धानका लागि कार्यालय खुलेसँगै त्रिभुवन विमानस्थल कार्यालय गौचरनमा बुझाउने गरी प्रहरी प्रभाग कोटेश्वरको जिम्मामा रहेका छन् । घटनाका बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*