चित्रबहादुर केसीको टिप्पणी : प्रतिगामीहरूले देशलाई अँध्यारोतिर फर्काउने कोसिस गर्दै छन्

बकैया दर्पण संवाददाता
१२ मंसिर २०८०, मंगलवार १४:४७

मकवानपुर । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रतिगामी शक्तिहरूले देशलाई अँध्यारो युगतिर फर्काउने कोसिस गरिरहेको टिप्पणी गरेका छन् । मंगलबार विज्ञप्ति जारी गर्दै उनले प्रतिगामी शक्तिहरूले जनतामा बढ्दै गइरहेको असन्तोषको फाइदा उठाएर प्राप्त उपलब्धिलाई समाप्त पार्ने कोसिस गरिरहेको टिप्पणी गरेका हुन् ।

प्रतिगामी शक्तिहरूले जनतामा बढ्दै गइरहेको असन्तोषको फाइदा उठाएर जनताको बलिदानबाट प्राप्त उपलब्धिलाई समाप्त मात्र गर्ने छन् र देशलाई अँध्यारो युगतिर फर्काउने छन्’, केसीले मंगलबार विज्ञप्तिमार्फत भनेका छन् ।

उनले गणतन्त्र र धर्म निरपेक्षतालाई चुनौती दिने शक्ति अहिलेको समस्याको विकल्प हुन नसक्ने पनि उल्लेख गरेका छन् । देशमा कुशासन र भ्रष्टाचारले नागरिकको जीवनस्तर खस्किएको, अर्थतन्त्र संकट देखिएको र बेरोजगारी बढेको राजमोको निष्कर्ष छ ।

अहिलेको समस्या समाधानको उपाय भनेको कुशासन र भ्रष्टाचारको अन्त्य गरी सुशासन र सुदृढ गणतान्त्रिक व्यवस्था स्थापना नै हुने केसीको भनाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*