रोकिएको सहिद स्मृति अन्तर पालिका फुटबलको फाईनल खेल भोलि

बकैया दर्पण संवाददाता
८ मंसिर २०८०, शुक्रबार १०:१४


बकैया ८ मङ्सिर । अखिल नेपाल खेलकुद महासंघको आयोजनामा संचालित अन्तर पालिका स्तरीय पुरुष नकआउट फुटबल प्रतियोगिताको फाईनल खेल विवाद पछि भोलि मङ्सिर  ९ गते दिउँसो १:०० बजे हुने भएको छ।

सहिद स्मृति शान्ति वाटिका र अखिल नेपाल खेलकुद महासंघ बकैयाको संयुक्त आयोजनामा २०८०/०७/२१ गते देखि २५ गते सम्म सञ्चालन भएको अन्तरपालिका स्तरिय पुरुष नकआउट फुटवल प्रतियोगिताको फाईनल खेल २०८०/०७/२५ गते बागमति गाउँपालिकाको र मनहरि गाउँपालिका बिच फाइनल खेल भएको थियो ।

उक्त फाईनल खेल हुँदै गर्दा गोल हान्ने क्रममा विवाद भए पछि खेल गत कार्तिक २५ गते स्थगित भएको वडा नम्बर ८ का वडा अध्यक्ष बिष्णु नेगि (बिश्वास ) ले जानकारी दिनु भएको हो  ।

सो स्थगित खेल भोलि मङ्सिर ९ गते दिउसो १:०० बजे पुनह बागमती गाउपालिका र मनहरी गाउँपालिका बिच बराबरीमा पूरा समय खेलाउने गरि आयोजक कमिटिले निर्णय गरेको छ ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*