फुलखेती गर्दै आएका बकैयाका कृषक धरापमा

बकैया दर्पण संवाददाता
३० कार्तिक २०८०, बिहीबार १३:०७

मकवानपुर ३० कार्तिक – बकैयाका फूल खेती गर्दै आएका मकवानपुर  बकैया गाउँपालिका वडा नम्बर -६ का सुसन भोलन यसपालिको तिहारमा भनेजस्तो व्यापार गर्न सकेनन् ।भारतबाट आयात भएका फूल कै कारण मूल्यमा आकास पताल फरक पर्ने हुँदा बेच्न नसक्ने एउटा कारण रह्यो भने उत्कृष्ट फुल कृषक  व्यावसायिकअरु फूल खेतीमा समस्या भएको  भोलोन बताउछन  छन।

उनलाई यो तिहारमा व्यापारले भन्दा पनि पेशा नै धाराशयी बन्दै गएकोप्रति निक्कै चिन्ता बढाएको छ । उनले तिहार तथा छठलाई मध्यनजर गरि झण्डै १ बिगा क्षेत्रफलमा फूल रोपेका थिए । तर १ कठ्ठाको पनि बिक्री नभएको उनको गुनासो छ । भारतीय फूल सिमा, नाकाबाट नभित्र्याउने सरकारले निर्णय गरे तापनि अवैधानिक बाटोबाट भित्रिँदा मधेशमा  किसानहरूलाई व्यापारमा समस्या भएको छ ।

भोलन जस्तै  बकैया-का अरु कृषखरु पनि उही चिन्तामा छन। व्यवसायिक रुपमा ६ महिना अगाडि चिस्यानमा स्टोर गर्ने र निक्कै कम मुल्यमा बेच्नेहरुको कारण आफूहरू संकटमा परेको उनले बताए ।

यो फुल ब्यबसाय  पेशाबाट विस्थापन भएको हुने डरले फूल खेती गरिरहेको भोलनले बताए । नजिकिदै गरेको चाड भए तापनी पहिलेजस्तो नभएको उनले जनाए ।

पुजा कर्मका लागी दैनिक हजारौँ मालाहरू बेच्ने गरेको अनुभव सुनाउँदै भोलनले  फूलको रेटमा मनलाग्दी गरिन थालिएको उनको भनाइ छ । तर फूलको माग र बजार करिब १२ देखि १५ प्रतिशतका दरले बढ्दै गएकाले फूल व्यवसायको सम्भावना बढ्दै गएको फ्लोरिकल्चर एसोसिएसन नेपालको तथ्यांक छ । कृषि विकास मन्त्रालयअन्तर्गत पुष्प व्यवसाय प्रवर्द्धन नीति २०६९ जारी गरिँदा यसलाई उल्लेख गरिएको थियो ।

पुष्प व्यवसाय अनुदान कार्यविधि नआउँदा हरेक वर्ष बजेट फ्रिज भएर जाने गरेको छ । पुस्तौनी फूल व्यवसाय गर्दै आएका समुदाय मात्र हैन, फूल खेतीको अधिक सम्भावनालाई सरकारले वेवास्ता गर्दा भारतीय पुष्प व्यवसायीहरूका लागी नेपाल आकर्षक बजार बनेको छ ।

भारतबाट आयात भएका फूल कै कारण  आएर फूल बेच्ने कयौँ व्यापारीले बिक्री नभएपछि हजारौं  कृषकहरु डस्टबिनमा फ्याँकेका थिए । तर, बजार आँकलन गरेर फूल बेच्न ल्याउनु पर्ने ठाउँमा अन्धाधुन्ध ल्याएको हुनाले नोक्सान बेहोर्नु परेको कतिपयको भनाई छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*