तेस्रो राष्ट्रिय माझी गोल्डकप फुटबल प्रतियोगितामा तीन खेल भएको छ ।

बकैया दर्पण संवाददाता
१५ कार्तिक २०८०, बुधबार ०६:२९

सिन्धुली ।तेस्रो राष्ट्रिय माझी गोलकप फुटबल प्रतियोगितामा हिजो तीन खेल भएको थियो। लमजुङ,सिन्धुपाल्चोक र महोत्तरीले विजयी सुरुवात गरेका हुन् । मरिण गाउँपालिका वडा न ७ स्थित बाह्रविसेको खेल मैदान भएको पहिलो खेलमा लमजुङ, विजयी भएको छ । लमजुङले बाग्लुङलाई २ –० गोलको अन्तरले हराएको हो ।

खेलमा लमजुङका नितेश माझी र सुजन माझीले १–१ गोल गरे । खेलमा उत्कृष्ट प्रर्दशन गर्दै लमजुङका नितेश माझीलाई म्यानअफ द म्याच घोषित भएका छन् ।

यस्तै हिजो भएको दोस्रो खेलमा सिन्धुपाल्चोकका विजयी भएको छ । सिन्धुपाल्चोकले रौतहटलाई २ -१ गोलको अन्तरले पराजित गरेको हो । । सिन्धुपाल्चोकका अमित माझीले २ गोल गरेका हुन ।यस्तै रौतहटको लागी अजय माझीले सान्तोना गोल गरेका हुन। खेलमा उत्कृष्ट प्रर्दशन गर्दै सिन्धुपाल्चोका अमित माझीलाई म्यानअफ द म्याच घोषित भएका छन् ।

यस्तै आजै भएको तेस्रो खेलमा महोत्तरी विजयी भएको छ । महोत्तरीले धनुषालाई ३ -० गोलको अन्तरले पराजित गरेको हो । धनुषाका सनंकर माझीले २ गोल गरेका हुन र रोशन माझीले १ गोल गरे । खेलमा उत्कृष्ट प्रर्दशन गर्दै महोत्तरीका सनंकर माझीलाई म्यानअफ द म्याच घोषित भएका छन् ।

प्रतियोगितामा २३ वटा टीमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले ट्रफि सहित २ लाख ६५ हजार ५ सय ५५ रुपैयाँ र उपविजेताले १ लाख ३२ हजार २ सय २२ रुपैयाँ र तेस्रो हुनेले ६६ हजार ६ सय ६६ रुपयाँ नगद पुरस्कारसहित शिल्ड, मेडल तथा प्रमाण पत्र प्राप्त गर्ने आयोजक नेपाल माझी उत्थान संघ सिन्धुलीका अध्यक्ष बबिन्द्रलाल माझीले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*