मकवानपुरमा मोटरसाइकल दुर्घटना: १ जनाको मृत्यु १ घाइते

बकैया दर्पण संवाददाता
१२ कार्तिक २०८०, आईतवार १२:४३

बकैया  । मकवानपुरको बागमती गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने अर्का १ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार मोटरसाइकल दुर्घटनामा चालक बागमती ६ ठाडीखोला बस्ने २२ वर्षीय सन्तोष दर्लामीको मृत्यु भएको हो । यस्तै मोटरसाइकलको पछाडि सबार बागमती ६ ठाडीखोला बस्ने २२ वर्षीय प्रदिप लोप्चन घाइते भएका हुन् ।

असोज ८ गते बेलुका बागमती ७ लामिटारस्थित मदन भण्डारी लोकमार्गमा झुरझुरे तर्फबाट हेटौडा तर्फ आउदै गरेको ना.३० प ३४८१ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई बिजुलिको पोलमा ठोकिन गई दुर्घटना भएको मकवानपुर प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते दर्लामीलाई उपचारको लागि हेटौडा अस्पताल ल्याइएकोमा थप उपचारको लागी अन्नपुर्ण न्युरो अस्पताल काठमाडौ लगिएको थियो । उनको उपचारको क्रममा असोज १० गते राती डाक्टरले मृत घोषणा गरेको मकवानपुर प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिए ।

दुर्घटनामा घाइते लोप्चनको स्थानीय मेडिकलमा उपचार भइरहेको बताइएको छ । उनले नै प्रहरीलाई सम्पर्क गरि मोटरसाइकल दुर्घटनाको जानकारी दिएका थिए । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*